News Portal

  • एमाले नेता कार्यकता माथि एमालेकै युवा कार्यकर्ताको हमला

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ कार्तिक २०७९
    २०८ पटक
     भक्तपुर, २८ कार्तिक २०७९

    प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा चुनाव प्रचारमा हिडेका एमाले नेता कार्यकता माथि एमालेकै युवा संगठन युवा संघ नेपालका नेता कार्यकर्ताले कुटपिट गरेका छन् ।

    पालुङटार नगरपालिका–७, च्याङ्ली स्थित म्याङगो रिसोर्टमा गएराती युवासंघ नेपाल भानु गाउँपालिकाका अध्यक्ष चिजबहादुर लामा समुहमा रहेका युवाहरुले चुनाव प्रचारमा हिडेको आफ्नौ पार्टीका गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरी काफ्लेका टाउकोमा बियरको बोतलले हानेर गम्भीर घाइते बनाएका हुन् ।

    ‘भानुका युवा संघका अध्यक्ष चिजबहादुर लामा सहित राम सापकोटा, अन्जन पन्त लगायतका युवाहरु दिउँसोदेखि नै रक्सी खाएर बसेका थिए, प्रहरी स्रोतले भन्यो, त्यहीँ खाना खान चुनाव प्रचारमा हिडेका काफ्ले सहितको टोली रिर्सोटमा पुगेको रहेछ, सोही क्रममा भनाभन हुदाँ लामाको समुहले एक्कासी काफ्ले माथि बियरको बोतलले हानेका रहेछन् । चुनाव प्रचार–प्रसारबाट फर्केका अब्दुस मियाँ, हरी काफ्ले बसन्त श्रेष्ठ सहित ४ जनाको टोली खाना खान रिर्सोटमा पुगेको थिए ।

    घटनामा संलग्न राम सापकोटा र अन्जन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । उनिहरुलाई आज बिहान पक्राउ गरिएको हो । घाइते काफ्लेको तनहुँको डुम्रेमा रहेको स्वास्थ्य संस्थामा उपचार गराइएको थियो । काफ्लेको टाउकोमा ७ टाँका लगाइएको छ । पिडित काफ्लले आफुले खाना खाईरहेको बेला एक्कासी आक्रमण भएको भन्दै उनीहरुलाई आफुले नचिन्ने बताए ।

    ‘पाउरोटी भण्डारमा कार्यक्रम सकेर होटलमा खाना खाने क्रममा एक्कासी आक्रमण गरे’ उनले भने, ‘उनीहरु को हुन म चिन्दिन ।’ काफ्लेले आफ्नो टाउकाको गम्भीर चोट भएका कारण थप उपचारका लागि काठमाण्डौ जान लागेको बताए ।

    गोरखाका डिएसपी लीलाराज लामिछानेले घटना निर्वाचनसँग सम्वन्धित भएर राजनीतिक रुपमा नघटेको बताए । उनले भने, ‘घटना राजनीतिक होइन । दुई समूहबीच विवादपछि होटलमा रहेका टेबुलका सिसा फुटाउने र वियरका बोत्तल प्रहार भएको हो।’

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...