News Portal

  • प्रचण्ड क्रान्ति र शान्ति दुवैमा नायक : रामचन्द्र पौडेल

    गोरखा, २८ कार्तिक २०७९
    ४९९ पटक
    गोरखा, २८ कार्तिक २०७९

    गोरखा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको टिप्पणी गरेका छन् ।

    रखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइराला जस्तै प्रचण्ड पनि शान्ति र क्रान्ति दुवैको नायक भएको बताए ।

    “शान्ति र क्रान्ति दुवैको नायक इतिहासमा कमै जन्मन्छन्,” वरिष्ठ नेता पौडेलले भने, “प्रचण्ड पनि त्यसमध्येका एक नेता हुनुहुन्छ ।”

    उनले कांग्रेसलगायतका गठबन्धनका दलले आवश्यकता अनुसार प्रचण्डलाई गोरखा पठाएको बताए ।

    वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै यहीँ अब गठबन्धनले मात्रै राष्ट्रलाई समृद्धिको दिशामा लैजाने बताए ।

    “हसियाँ हथौडासँग डराउनुपर्ने अवस्था छैन,” उनले भने, “रुखले हँसिया हथौडालाई भोट हाल्नुस्, हँसिया हथौडाले रुखलाई भोट हाल्नुस् यहीँबाट राष्ट्रिय एकता सुरु हुन्छ ।”

    प्रचण्डले निर्वाचन जितेर गएपछि उनले नै देशको नेतृत्व गर्नसक्ने उनको भनाइ छ । रासस

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...