News Portal

  • प्रचण्ड सचिवालयको यस्तो सुझाव

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १२ मङ्सिर २०७९
    ५१८ पटक
    भक्तपुर, १२ मङ्सिर २०७९

    बधाई र शुभकामनाको नाममा खादा माला र समयको बर्बादी नगर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको सचिवालयले सुझाव दिएको छ । अध्यक्ष प्रचण्डलाई जीतको शुभकामना दिने नाममा अनावश्यक भिड्भाड बढेपछि सचिवालयले यस्तो सुझाव दिएको हो ।                                                                                                               अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले शुभकामनाका लागि समय ब्यवस्थापन गर्न नसकिने समेत जानकारी गराएका छन् । “आवश्यक छलफल र भेटघाटको लागि भने समय व्यवस्थापन गरिने नै छ ।” भक्तपुर पोस्टसंग उनले भनेका छन् ।निर्वाचन परिणामबाट साघुरिएको माओवादी केन्द्रलाई उकास्न  योगदान नगर्ने तर खादामाला लिएर अध्यक्ष प्रचण्डको ढोकामा पुग्न हतारिने प्रवृत्ति प्रति कार्यकर्ता पङ्तिबाटै असन्तुष्टि आएपछि यसलाई रोक्न सचिवालयले निर्णय गरेको हो । अस्वभाविकरुपले बधाई खान ब्यस्त बनेको भन्दै अध्यक्ष प्रचण्ड र उनका पार्टीका अन्य निर्वाचित जनप्रतिनिधिको समेत आलोचना शुरु भएपछि प्रचण्ड सचिवालय सचेत बनेको बताइएको छ ।                                                        स्वकीय  सचिव मल्लले केही सुझाब भए पार्टी केन्द्रीय कार्यालय र अध्यक्षको निजी सचिवालयको निम्न इमेल ठेगानामा पठाइदिन पनि आग्रह गरेका छन् । [email protected] [email protected]
    [email protected]
    [email protected]

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...