News Portal

  • अहिले नै सुकुम्बासी नहटाऊ राष्ट्रिय भूमि आयोगको आग्रह

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ मङ्सिर २०७९
    २९७ पटक
     भक्तपुर, १६ मङ्सिर २०७९

    राष्ट्रिय भूमि आयोगले काठमाडौंलगायत विभिन्न ठाउँमा रहेका सुकुम्बासीलाई अहिले नै नहटाउन सूचनासहित आग्रह गरेको छ ।

    आयोगले आज गोरखापत्रमा सूचना निकालेर काठमाडौं महानगरसहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैरसरकारी निकायलाई कुनै पनि स्थानका सुकुम्बासीलाई अहिले नै नहटाउन आग्रह गरेको हो ।

    ‘कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न, नगराउन यो सूचना प्रकाशित गरिएको छ,’ आयोगको ताहाचल कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

    आयोगले सुकुम्बासीका लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच, लालपुर्जा सम्बन्धी सबै कार्य निर्वाचन आयोगले आचारसंहिता लागु नहुने सूचना जारी गरेलगत्तै गरिने पनि बताएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...