News Portal

  • “जनताका चाहाना अनुसार विकास गर्छौं “: मन्त्री पौडेल

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १६ मङ्सिर २०७९
    ४०४ पटक
    भक्तपुर, १६ मङ्सिर २०७९

    बागलुङमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरु आगामी ५ वर्षमा सम्पन्न गर्ने बताएका छन् । बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यावाद दिँदै उनले ५ वर्षमा जनतासँग बाचा गरेका कामहरु सम्पन्न गर्ने बताएका हुन् ।

    “यसअघि गर्न नसकेका कामहरु पनि छन्”, उनले भने, “पहिलेका बाँकी काम र अहिले जनतामाझ गरेका प्रतिबद्धता आगामी ५ वर्षमा क्रमश पूरा गछौं ।”

    प्रदेश र संघमा गठबन्धनको सरकार बन्ने बताउँदै बागलुङको विकाशकालागि गठबन्धनका नेतासँग समन्वय गरी कामगर्ने बताए ।उनले भने, “गठबन्धनको सरकार हुँदा जनताका काम गर्न र समन्वयगर्न सजिलो हुन्छ ।”

    चुनावपछि जनताको साझाप्रतिनिधि भएको बताउँदै पूर्वाधार विकासमा समान वितरण हुने आश्वासन समेत उनले दिए ।

    ढोरपाटन साल्झण्डी सडक, केन्द्रीय प्रशारण लाइन, पक्कीपुल, ढोरपाटनको आलूलाई प्रर्बद्धनलगायतका काम जनताको चाहाना अनुसार नै हुने बताएका हुन् । उनले भने,”जनताका आवश्यकता धेरै छन्, जनताका चाहाना अनुसार विकास गर्छौं ।”

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...