News Portal

  • चुनाव जितेपछि डा. तोसिमा दिइन् राजिनामा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १९ मङ्सिर २०७९
    २०० पटक
    भक्तपुर, १९ मङ्सिर २०७९

    ललितपुर क्षेत्र नं ३ मा निर्वाचित सांसद डा. तोसिमा कार्कीले चुनाव जितेपछि आफ़्नजो पबत राजिनामा दिएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका उनले आइतबार नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिएकी हुन् ।

    मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उनी विरुद्ध उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो ।

    त्यसपछि उनले चुनाव जितेपछि आइतबार काउन्सिलमा आफै उपस्थित भएर राजिनामा बुझाएकी हुन् ।

    काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले डा. कार्कीले राजिनामा बुझाएको पुष्टि गरेका छन् । ‘हिजो डा. कार्की आउनुभयो, राजिनामा बुझाउनु भयो र जानुभयो,’ अधिकारीले भने,–‘उहाँ (कार्की)ले बुझाउनु भएको राजिनामा हामीले हिजो नै स्वास्थ्य मन्त्रालयमा फरवार्ड गरिदिएका छौं ।’

     

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...