News Portal

  • चिनियाँ अस्पतालमा वर्षमान पुनको उपचार सुरु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ मङ्सिर २०७९
    ४३८ पटक
     भक्तपुर, २२ मङ्सिर २०७९

    नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको उपचार सुरु भएको छ । चीनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा राखेर उनको शरीरमा बल्झिएको जन्डिसको उपचार सुरु गरिएको हो ।

    मंसिर ४ को निर्वाचनअघिदेखि नै उनी बिरामी परेका थिए । चुनावमा खट्ने क्रममा जन्डिस बल्झिएपछि उनी उपचारका लागि गएका थिए । चीनमा पछिल्लो समय कोरोना महामारी फेरि फैलिएपछि पुनलाई उक्त अस्पतालको क्वारेन्टिनमा राखेर उपचार भइरहेको छ ।

    जटिल किसिमको वंशाणुगत जण्डिस पटक पटक बल्झिरहँदा पुनको स्वास्थ्यमा एकपछि अर्को समस्या आइरहेको छ । नेपालमा आवश्यक स्वास्थ्य चेकजाँचपछि पुन गत शुक्रबार फलोअप उपचार गर्न दुबई हुँदै सेन्जेन गएका थिए ।

    उनीसँग पत्नी ओनसरी घर्ती पनि चीनमै छिन् । उनले पुनको स्वास्थ्यमा सामान्य सुधार भएको बताएकी छन् । अहिले पुनको शरीरमा जण्डिसको मात्रा २७ बाट घटेर २४ मा झरेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...