News Portal

  • कांग्रेस संसदीय दलको नेताका लागि मतदान सकियो, केहीबेरमा मतगणना हुने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ६ पुस २०७९
    ३०८ पटक
    भक्तपुर, ६ पुस २०७९

    नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न भएको मतदान सकिएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार सुरु गरिएको थियो । झन्डै २ घन्टापछि मतदान सकिएको हो ।

    अब केहीबेरमा मतगणना सुरू हुनेछ । कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेका छन् । ८९ सांसदमध्ये ८८ जनाले सिंहदरबारस्थित मतदान केन्द्रमै मत खसालेका थिए । भोजपुरकी सांसद माया राईलाई मतदान गराउन भने प्रतिनिधिहरू अस्पतालमै पुगेका थिए ।

    संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापा मैदानमा छन् ।

    दलको नेता चुनिन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यसअनुसार दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...