News Portal

  • दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालनामा कडाइ गर्ने: सिडिओ हुमकला पाण्डे

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ पुस २०७९
    २७९ पटक
     भक्तपुर, ६ पुस २०७९

    काभ्रेपलाञ्चोकका सिडिओ हुमकला पाण्डेले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालनामा कडाइ गर्ने निर्णय गरेकी छन् । मङ्गलबार राजमार्ग सुरक्षा तथा सडक दुर्घटना न्यूनीकरण गर्न भन्दै सिडिओ पाण्डे ले यस्तो निर्णय गरेकी हुन् ।

    एक साता अघि बेथानचोकमा भएको सवारी दुर्घटनामा धेरै जनधनको क्षति भएपछि राजमार्ग सुरक्षा तथा सडक दुर्घटना न्यूनीकरण गर्न गरिएका निर्णयहरु यस्ता छन् ।

    जिल्लाभित्र रहेको राजमार्गमा हुने मानवजन्य अवरोध, प्राकृतिक प्रकोपबाट हुने अवरोध, आपराधिक क्रियाकलाप तथा सवारी दुर्घटना आदिका कारणबाट हुने अवरोध नियन्त्रण गरी राजमार्ग सुचारु गर्नका लागि सुरक्षा निकायबाट हाल परिचालित जनशक्तिहरूलाई थप प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय गरेको छ ।

    बस बिसौनीको प्रयोग नगर्ने, द्रुत गति, यात्रुहरूलाई प्राथमिकता नदिने, यात्रुहरूलाई (विद्यार्थी, अपाङ्गत भएका व्यक्ति, ज्येष्ठ नागरिक आदि)लाई छुट नदिने आदि क्रियाकलापलाई रोक्ने तथा सवारी चालक अनुमतिपत्र, मादक पदार्थ सेवन र लागूपदार्थ सेवन जाँचलाई नियमित र प्रभावकारी बनाउने निर्णय गरेको छ ।

    साथै यातायात व्यवसायी, सङ्घसंस्थाले यात्रुवाहक तथा अन्य सवारीसाधनको अवस्था ठीक अवस्थामा राख्नका लागि यान्त्रिक परीक्षण गर्नका लागि व्यवसायीलाई ट्राफिक प्रहरी तथा सरोकारवाला निकायले सहजीकरण गर्ने निर्णय गरेको छ ।

    त्यसैगरी बैठकले डिभिजन सडक कार्यालय भक्तपुरले नियमित रूपमा राजमार्गको अवस्था अनुगमन गरी मर्मत गर्नुपर्ने अवस्था भएमा मर्मत गर्दा यातायात अवरोध नहुने गरी यथाशीघ्र मर्मत गर्ने र पहाडी तथा घुम्ती राजमार्ग भएको हुँदा दुर्घटनालाई न्यूनीकरण गर्न डिभिजन सडक कार्यालयले जोखिम स्थानहरूमा ट्राफिक चिह्नहरू (बोर्डमा समेत) राख्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

    बैठकले राजमार्गमा सडक अनुशासन पालना गराई सडक दुर्घटना न्यूनीकरण गर्न गठन भएको समितिले तयार गरेको वार्षिक कार्ययोजनालाई अरनिको राजमार्ग र बीपी राजमार्गको दायाँ बायाँ सडक सुरक्षासम्बन्धी, विपत् जोखिम न्यूनीकरणसम्बन्धी र अन्य सामाजिक विकृति, विसङ्गति न्यूनीकरणसम्बन्धी व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन गर्ने र राजमार्गमा ट्राफिक नियमहरू पालना गराई प्रेसर हर्न निषेध गर्ने, ओभरलोड नियमन गर्ने र दिउँसोको समयमा ट्रिपर सञ्चालन गर्न नदिने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...