News Portal

  • माओवादी केन्द्रमा संसदीय दलको नेता कहिले छानिन्छ ?

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ६ पुस २०७९
    २६३ पटक
    भक्तपुर, ६ पुस २०७९

    अधिकांश दलहरूले संसदीय दलको नेता चयन गरिसक्दा नेकपा माओवादी केन्द्रमा भने प्रक्रिया नै सुरु भएको छैन ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले एक साताको म्याद तोकेर सरकार गठनको आह्वान गरिसक्दा पनि दलहरूले सरकार बनाउन हतार गरेको देखिँदैन । उल्टै सांसदहरूको शपथ अघि सरकार गठनको आह्वान गरिनु संविधानविपरीत तर्क गरिरहेका छन् ।

    प्रतिनिधिसभामा रहेको तेस्रो दल नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने बताएको छ ।

    प्रत्यक्षबाट १८ र समानुपातिकमा १४ गरी कूल ३२ सांसद रहेको माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता बन्नेमा लगभग निश्चितजस्तै देखिएको छ । माओवादीमा अध्यक्ष प्रचण्डविरुद्ध दलको नेतामा अन्य कुनै नेताको दाबी परेको समेत देखिँदैन ।

    प्रतिकृया दिनुहोस्

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...

    ढाकामा खेलेका नेपाली बक्सिङ्ग खेलाडी र प्रशिक्षकलाई सम्मान

    बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान...