News Portal

  • धनुषाका सबै सामुदायिक विद्यालय बन्द

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ पुस २०७९
    ३२३ पटक
    भक्तपुर, ८ पुस २०७९

    शुक्रबार धनुषाका सबै सामुदायिक विद्यालय बन्द गराएका छन् । धनुषाको नगराइन नगरपालिकाका शिक्षकहरुले तलबभत्ता माग गर्दै गरेको आन्दोलनलाई समर्थन जनाउँदै शिक्षकसँग सम्बन्धित सङ्घ-संस्थाहरुले जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गराएका हुन् ।

    नेपाल शिक्षक सङ्घ धनुषाका अध्यक्ष रामसिनेही यादवले नगराइन नगरपालिकाका शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउँदै शुक्रबार जिल्लाका सबै सामुदायिक विद्यालयको पठनपाठन बन्दको आह्वान गरिएको बताए । नगराइन नगरपालिकाका शिक्षकहरु विगत पाँच महिनादेखि तलबभत्ता नपाएपछि मङ्सिर १८ गतेदेखि आन्दोलनरत रहेको उनले जानकारी दिए ।

    लामो समयदेखि नगरपालिकाको कार्यालय अगाडि शिक्षकहरु धर्ना दिएर आन्दोलनमा रहे पनि हालसम्म स्थानीय तहले तलबभत्ता उपलब्ध गराउने कुनै ठोस पहल नगरेकाले दबाब दिने उद्देश्यले यस्तो गरिएको नेपाल शिक्षक सङ्घ धनुषाका अध्यक्ष यादवले बताए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...