News Portal

  • वीरगञ्जमा ३० युनिट विद्युत निशुल्क

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ पुस २०७९
    १६० पटक
     भक्तपुर, ७ पुस २०७९

    मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाले अधिकतम ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल उपलब्ध गराउने भएको छ ।

    यसका लागि महानगरले महानगरपालिकाभित्र विद्युत् उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्ज र सिमरासँग वितरण केन्द्रसँग छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर गरी सो कार्य अघि बढाएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

    नेपाल सरकारले २० युनिटसम्म प्रयोग गर्ने घरेलु प्रयोगकर्ताको विद्युत् महसुलमा शतप्रतिशत छुट दिने निर्णय गरेको थियो । महानगरपालिकाले जम्मा १० युनिटको प्रतियुनिट छ रुपैयाँ ५० पैसाको दरले रु. ६५ र न्यूनतम शुल्क रु. ५० गरी प्रतिपरिवार रु. एक सय १५ का दरले मासिक शुल्क विद्युत् प्राधिकरणलाई बुझाउनेछ ।

    महानगरपालिकाले यसअगावै महानगर क्षेत्रमा घरेलु मिटर प्रयोग गर्दै आएका १० हजार नौ सय २४ घरधुरीको ३० युनिटसम्मको मासिक न्यूनतम शुल्क तथा इनर्जी शुल्क र कृषि सिँचाइका लागि लिइएको ७० वटा सिँचाइ मिटरमा उठ्ने सम्पूर्ण शुल्क भुक्तानीको दायित्व महानगरपालिकाले व्यहोर्ने निर्णय गरेको थियो । वीरगञ्ज महानगरपालिकाका अनुसार उक्त सम्झौता यही पुस १ गतेदेखि लागू हुने जनाएको छ । सम्झौतापत्रमा महसुल भुक्तानीका लागि नेपाल विद्युत् प्राधिकरणको खातामा महानगरले अग्रिम भुक्तानी गर्ने र प्राधिकरणले हरेक महिना रिबेटसहित फर्छ्याेट गर्ने उल्लेख छ ।

    चालु आर्थिक वर्षको बजेटमा विद्युत् प्राधिकरणलाई बुझाउने रकम व्यवस्था गरिएकाले महानगरपालिकाले नियमितरुपमा ३० युनिटसम्मको ग्राहकको रकम भुक्तानी गरिदिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । वीरगञ्ज महानगरपालिकालाई न्यूनतम विद्युत् शुल्कमा वार्षिक रु. एक करोड २० लाख खर्च हुने अनुमान गरिएको छ ।

    वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार वीरगञ्ज र सिमरा वितरण केन्द्रमा गरी घरेलु तथा कृषि प्रयोगमा हुने विद्युत् महसुल मासिक रु आठ लाखदेखि रु १० लाख महानगरले व्यहोर्नुपर्ने आकलन गरिएको हो ।

    सुविधा प्राप्त गर्न लक्षित ग्राहकले सम्झौता लागू हुनुपूर्वको बक्यौता विद्युत् महसुल भने भुक्तानी गरेको हुनुपर्ने शर्त राखिएको छ । यो योजनाबाट दुवै वितरण केन्द्रमार्फत सेवा लिइरहेका सात हजार आठ सय २२ लाभग्राही र चार सय ३८ वटा कृषि मिटर प्रयोगकर्ता लाभान्वित हुने अनुमान गरिएको छ । सो कार्यका लागि महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पौडेल तथा प्राधिकरणको तर्फबाट वीरगञ्ज केन्द्रका प्रमुख जितेन्द्र झा र सिमरा केन्द्रका प्रमुख रामु श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । रासस

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...