News Portal

  • सरकार गठनको केन्द्रमा माओवादी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ पुस २०७९
    १९० पटक
     भक्तपुर, ८ पुस २०७९

    नयाँ सरकार गठनका लागि गृहकार्य भइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार शक्ति केन्द्रका रूपमा देखिएको छ । एक सातादेखि विभिन्न दलका नेताहरूले दाहालसँगको भेटघाटलाई तीव्रता दिएसँगै खुमलटार शक्ति केन्द्रका रूपमा स्थापित भएको हो।

    निर्वाचन परिणाम आएपछि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग निरन्तर छलफल गरिरहेका माओवादी अध्यक्ष दाहालले सत्ता गठबन्धनभित्र र बाहिरका पार्टीका नेताहरूसँग पनि भेटघाट गरिरहेका छन् । एमाले उपाध्यक्षद्वय सुवास नेम्बाङ र विष्णु पौडेल, सचिव रघुवीर महासेठलगायतका नेताहरूले पनि दाहाललाई भेटिसकेका छन् ।

    यसैगरी जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादव, कांग्रेस उपाध्यक्ष पूर्णबहादुर खड्का, नेता अर्जुननरसिंह केसी, गृहमन्त्री बालकृष्ण खाण, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायतका नेताहरूले पनि दाहाललाई भेट्दै आएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई र अर्का अध्यक्ष महेन्द्र राय यादवले पनि दाहालसँग भेटघाट गरेका छन् । नागरिक दैनिक

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...