News Portal

  • शैलुङमा तीन दिने अध्ययन शिविर सम्पन्न

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १२ पुस २०७९
    ५४८ पटक
    भक्तपुर, १२ पुस २०७९

    वागीश्वरी कलेजमा अध्ययनरत समाजशास्त्रका विद्यार्थीहरुको तीन दिने सामुदायिक अध्ययन शिविर दोलखाको शैलुङ गाउँपालिकाको ढुङ्गेबजारलाई केन्द्रविन्दु गरी सम्पन्न गरेको छ ।

    दोलखा र रामेछाप जिल्लाको सिमानामा पर्ने दोरम्बा गाउँपालिकास्थित श्री शिवलिङ्गेश्वर मा.वि.मा विद्यालयका प्राधानाध्यापक खड्गबहादुर शाक्यले पानसमा दीप प्रज्जवलन गरी सुरु भएको शिविरमा उनले विकट मानिएको गाउँ शैलुङमा सामाजिक साँस्कृतिक पक्ष तथा समसामयिक विषयमा अध्ययन हुनुले विकट स्थानले पनि महत्व पाएको आभास दिलाएको कुरा प्रष्ट पारेका छन् ।

    आधुनिकताको नाममा गाउँका विद्यार्थीहरु शहर पसिरहेको सन्दर्भमा नगरका विद्यार्थीहरु गाउँतिर आई अध्ययन अवलोकन गर्न आउनु सह्रानीय पक्ष रहेको तथ्य औल्याउँदै उनले वागीश्वरी कलेजको अध्ययनले शैलुङको सकारात्मक परिवर्तनमा देन पुग्नेमा विश्वास व्यक्त गरे ।

    वागीश्वरी कलेजका सामाजशास्त्रका शिक्षिका सुशीला कमाचार्यले व्यवहारिक सिकाइ दीगो हुने र जीवन्त सिकाइले समाजमा व्यवहारिकता कायम गर्ने र समाजको एकतामा जोड दिने भएकोले सामुदायिक शिविर सञ्चालन गरिएको जानकारी दिए । उनले सामुदायिक शिविरले दुई भूगोललाई सामाजिक र सांस्कृतिक रुपमा एक बनाउनमा मद्दत गर्नेमा विश्वास व्यक्त गरे ।

    सोही कार्यक्रममा शिक्षक अम्बर श्रेष्ठले कार्यक्रमको औचित्य प्रष्ट्याउँदै कार्यक्रम तालिका र योजनाबारे स्पष्ट पारेका थिए । प्रफुल कर्माचार्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा रोशना सुवालले सञ्चालन, स्वागत सरिना दुमरुले गरेका थिए ।

    शिविरको दोश्रो दिन प्रभातकालीन कार्यक्रम अन्तर्गत शैलुङ डाँडाको भौगोलिक, साँस्कृतिक तथा धार्मिक अध्ययनको लागि पदयात्रा कार्यक्रम सम्पन्न भयो भने दिवा सत्र अन्तर्गत शैलुङ्ग गाउँपालिकाको मेहेले फलाँटे, काँडे, चित्रे, बोटले, लहरे, वालसार्पा क्षेत्रमा दाइजो प्रथाले सिर्जित सामाजिक चुनौती र महिला हिंसाको परिवर्तित रूप शीर्षकमा सामाजिक सर्वेक्षण सम्पन्न गरेका थिए ।

    उक्त अध्ययन क्षेत्रका २०० घरलाई नमुना छनौटको रूपमा लिइएको थियो । सोही क्रममा सहभागी विद्यार्थीहरुले आ–आफ्नो अनुभव आदानप्रदान गरेका थिए ।

    शिविरको तेश्रो तथा अन्तिम दिनको विहानी सत्रमा स्थानीय लालीगुराँस महिला समूहको सहयोगमा ‘पित्तृसत्तात्मक सोच, व्यवहार र सामाजिक परिणाम’ विषयमा अन्तरक्रिया सम्पन्न भयो । सो कार्यक्रममा संस्थाका अध्यक्ष दिलमाया तामाङले पित्तृसत्तात्मक सोच केही हदसम्म कायम रहेपनि पहिले भन्दा धेरै सुधार भएको बताए । अर्का एक सहभागीले गाउँको महिलाहरुले उपचारको सुविधा नभएको कारण आफ्नो रोग लुकाउने गरेको कुरा बताएका थिए । बालविवाह तामाङ समुदायमा बढ्नुको कारण भागी विवाह हुने गरेको कार्यक्रममा सहभागी सरिता तामाङले बताइन् ।

    सोही दिन सांस्कृतिक कार्यक्रम सहित शिविरको समापन गरिएको थियो । सो कार्यक्रमका शिक्षासेवी सुन्दर खड्काले वागीश्वर कलेजको शिविरले गाउँको शैक्षिक जगतमा एक ईट्टा थप्ने काम गरेको बताए । ढुङ्गे सामुदायिक स्वास्थ्य इकाईका प्रमुख नागेन्द्र यादवले शिक्षालाई व्यवहारसँग जोड्ने शिविरको निरन्तरताको कामना गरे । कलेजका प्राध्यापक सुशीला कर्माचार्यले विद्यार्थीहरु स्थानीय जनताहरुको माया र सहयोगबाट प्रभावित भएकोमा खुसी व्यक्त गरेका थिए भने शिक्षक अम्बर श्रेष्ठले शिविरको सफलताका लागि सम्पूर्ण सहयोगीलाई धन्यवाद दिए । सो कार्यक्रममा सर्वेक्षणको संक्षिप्त प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रम कलेजका विद्यार्थीहरु र स्थानीय विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...