News Portal

  • नयाँ काम नभए पनि कार्यकालमा उपलब्धि धेरै भएका छन्ः खापुङ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १२ पुस २०७९
    २०५ पटक
    भक्तपुर, १२ पुस २०७९

    निर्वतमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धी भने भएको बताएका छन् ।

    आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै उनले भने, “मेरो छ महिने कार्यकालमा नयाँ सुरुआत नभए पनि कैयन उपलब्ध भने भएका छन् ।”

    उनले कार्यकालमा आधारभूत अस्पताल निर्माणलाई तीव्रता दिएको तथा कोरोना महामारीविरुद्धको खोप लगाउने कार्यमा सफलता मिलेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले समेत प्रशंसा गरेको बताए ।

    “मेरो कार्यकालमा जे जति काम भएका छन् त्यसको श्रेय सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई पनि जान्छ”, उनले थपे, “यसका लागि मन्त्रालयका कर्मचारीलाई धन्यावाद दिन्छु ।”

    उनी आफू विदाइ हुने क्रममा निराश नभएको बताए । “म मन्त्रालयमा आउँदा धेरै खुसी थिइन र विदाइमा पनि निराश छैन, नयाँ मन्त्रीलाई कार्यकालको शुभकामना दिन्छु”, उनले भने ।

    उनले नीति, रणनीति र कानुन तर्जुमा, पूर्वाधार निर्माणमा, कोभिड-१९, हैजा र डेङ्गु महामारी रोकथाम तथा नियन्त्रण र सेवा प्रवाह तथा सेवा विस्तार भएका उपलब्धि महत्वपूर्ण भएको बताएका छन् । रासस

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...