News Portal

  • झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक गम्भीर घाइते

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १७ पुस २०७९
    २५५ पटक
    भक्तपुर, १७ पुस २०७९

    झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ११ स्थित बच्चाबगरमा आइतबार बिहान साढे २ बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६१ बर्षीया कृष्णमाया भण्डारीको मृत्यु भएको हो ।

    आइतबार बिहान साढे २ बजे जङ्गली हात्तीले स्थानीय कृष्णमाया भण्डारीलाई आक्रमण गरेको थियो । हात्तीले घर भत्काउन थालेपछि चिच्याउँदै बाहिर निस्कने क्रममा हात्तीले आक्रमण गरी शान्तिराम
    भण्डारी गम्भीर घाइते भएका थिए ।

    घाइते अवस्थाकी कृष्णमायालाई अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रतुवामाई वृक्षारोपण आयोजनाको जङ्गलबाट आहाराका लागि जङ्गलबाट हात्ती गाउँ पसेका थिए । केही दिनदेखि शिवसताक्षी नगरमा हात्तीले मानिसको जनधनको क्षति गर्न थालेको छ ।

    एउटा छावा सहित ४ वाटको समूहमा रहेको हात्तीले राति ११ बजेदेखि नै गाउँमा उपद्रो गर्न लागेको स्थानीयको भनाई छ । आहाराका लागि छावा भण्डारण गरिएका अन्न खान घरभित्र पस्ने र माउ हात्तीले छावालाई घर बाहिर निकाल्दा घर भत्काउने गरेको स्थानीयाको भनाई छ । हात्तीले अन्य एक जना छिमेकीको समेत घर भत्काएको छ । जङ्गली हात्तीको समूह अहिले पनि शिवसताक्षी नगरपालिका ११ स्थित दुधे बजारमा रहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खडकाले जानकारी दिए । गोरखापत्र

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...