News Portal

  • निर्वाचन समाचार सङ्ग्रह–प्रतिवेदन हस्तान्तरण

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १९ पुस २०७९
    ३२७ पटक
    भक्तपुर, १९ पुस २०७९

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मुलुकलाई निर्वाचनमय बनाउन राष्ट्रिय समाचार समिति (रासस) को भूमिका अद्वितीय रहेको बताएका छन् ।

    गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा गरिएका क्रियाकलापबारे राससको प्रतिवेदन आज (मङ्गलबार) आयोगको कार्यालयमा बुझ्दै प्रमुख आयुक्त थपलियाले समाचार सङ्कलन गर्ने निकाय कम तर सम्प्रेषण गर्ने निकाय धेरै भएको अवस्थामा राससले तल्लो तहसम्मका निर्वाचनका सूचना र समाचारलाई सङ्कलन गरी सम्प्रेषण गरेको बताए ।

    उनले निर्वाचनका समयमा राससले सम्प्रेषण गरेका सामग्री निर्वाचनसम्बन्धी अध्ययनका साथै इतिहास लेखनका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गर्दै निर्वाचनका समयमा राससले आफ्नो क्षमताको पुनः पुष्टि गरेको जनाए ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले राससकर्मीको उक्त कार्यका लागि आभार व्यक्त गर्दै सार्वजनिक सञ्चारमाध्यमका लागि आयोगले गर्न सक्ने अन्य पूर्वाधार सहयोग पनि गर्ने प्रतिबद्धता सुनाए । उनले निर्वाचन व्यवस्थानका क्रममा हार्डवेयर र सफ्टवेयर दुई कार्य हुने र निर्वाचन प्रचारप्रसारका लागि सफ्टवेयर महत्त्वपूर्ण हुने भएकाले रासससँग निर्वाचनपछिका अवधिमा पनि निरन्तर सयोग र सहकार्य हुनुपर्ने बताउँदै भने, “निर्वाचनलाई मानिसका जीवनशैलीका रुपमा लिनुपर्छ । निर्वाचन पछिका अवधिमा पनि आयोग निरन्तर क्रियाशील रहन्छ । त्यस क्रममा आमसञ्चार र सामाजिक सञ्जालसँगको नियमित समन्वय र सम्पर्कका लागि आयोगले सङ्गठन पुनः व्यवस्थापन गर्नेछ ।”

    राससबाट निर्वाचनको दुई महिने अवधिमा सम्प्रेषित समाचारको एक हजार एक सय पृष्ठको सङ्ग्रह–प्रतिवेदन हस्तान्तरण गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई आयोगबाट गरिएको विश्वास र सहयोगका लागि धन्यवाद व्यक्त गरे । अध्यक्ष झाले राससले तल्लो तहसम्मका समाचारलाई संलग्न गरेर सन्तुलितरुपमा सम्प्रेषण गरेको जनाउँदै निर्वाचनपछिका अवधिमा पनि आयोगसँग सहकार्य हुने अपेक्षा व्यक्त गरेका हुन् ।

    राससका नायब महाप्रबन्धक सोमनाथ लामिछानेका अनुसार यस निर्वाचनका अवधिमा राससबाट करिब छ हजार फोटो र एक हजार पाँच सय भिडियो सामग्री सम्प्रेषण गरिएको थियो । सो अवसरमा निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधर, आयोगका सहसचिव शालिग्राम शर्मा पौडेल, तुलसीबहादुर श्रेष्ठ, राससका महाप्रबन्धक सिद्धराज राई, आयोगका उपसचिव सूर्यप्रसाद अर्याल र कमल भट्टराई, रासस सञ्चालक समितिका सदस्य कृष्ण अधिकारी, प्रमुख समाचारदाता उत्तम सिलवाल, प्रशासन प्रमुख शीतल महतोलगायत सहभागी भएका थिए । रासस

    प्रतिकृया दिनुहोस्

    व्यापक बिरोधपछि दक्षिण कोरियामा गरिएको सैन्य शासन घोषणा फिर्ता

    दक्षिण कोरियामा घोषणा गरिएको सैन्य शासन फिर्ता भएको छ । व्यापक बिरोध पछि राष्ट्रपति युन...

    उपचुनाव परिणाममा माओवादी केन्द्रको पल्ला भारी, काँग्रेस एमाले मिल्दापनि माओवादी बलियो

    मंसिर १६ गते सम्पन्न स्थानीय तहकाे उपनिर्वाचनको परिणाम अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को...

    दक्षिण कोरियामा सैन्य शासन घोषणा

    दक्षिण कोरियामा सैन्य शासन घोषणा गरिएको छ । राष्ट्रपति यून सुक यउलले देशमा मार्शल ल...

    खेलाडीको न्यायका लागि भक्तपुरबाट मेची महाकाली हस्ताक्षर अभियान आरम्भ

    मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका खेलाडीहरुको न्यायको लागि भन्दै भक्तपुरबाट हस्ताक्षर अभियान आरम्भ भएको...

    भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा

    भक्तपुर जिल्लामा अझै १ सय ५१ एचआईभी एड्स संक्रमित रहेका स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ...