News Portal

  • सीमाबाट हुने अवैध व्यापार नियन्त्रण गर्न गृहमन्त्री लामिछानेलाई चेम्बरको आग्रह

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ पुस २०७९
    २७८ पटक
     भक्तपुर, २१ पुस २०७९

    खुला सीमाको फाईदा उठाएर हुने अवैध व्यापारलाई नियन्त्रण गर्न नेपाल चेम्बर अफ कमर्सले गृहमन्त्री रवि लामिछानेको ध्यानकर्षण गराएको छ । गृहमन्त्री लामिछानेलाई बुधबार बधाई एवं शुभकामना दिने क्रममा चेम्बर पदाधिकारीको टोलीले सीमामा हुने अनधिकृत व्यापार नियन्त्रणका लागि आग्रह गरेको हो ।

    गृहमन्त्री लामिछानेसंगको भेटका क्रममा चेम्बर अध्यक्ष रोजेन्द्र मल्लले भारतसंगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताए । मल्लले भने,‘नेपाल भारत खुला सीमाको फाईदा उठाएर अवैध कारोबार भईरहेकोे छ । सीमामा हुने अवैध व्यापारका कारण सरकारले अर्बौ रुपैया“ राजश्व समेत गुमाईरहेको छ ।’

    चेम्बरले गृहमन्त्री लामिछानेलाई दिएको सुझावमा भनिएको छ, ‘खुला सीमा भएकाले अनियन्त्रित रुपमा अनधिकृत व्यापार फष्टाई रहेको छ । यसबाट राजश्व प्रभाबित हुन पुगेको र स्वच्छ व्यवसायीहरुले प्रतिस्पद्र्धा गर्न समेत नसकी रहेको परिस्थिति रहेकोले यसमा प्रभावकारी अनुगमन गरी करको दायरामा ल्याउनु पर्ने ।’

    नेपाल भारत खुला सीमाको फाईदा उठाएर झण्डै ४० प्रतिशत अवैध कारोबार भईरहेको भन्दै अध्यक्ष मल्लले मुलुकको व्यापारिक सन्तुलनका लागि आयात निर्यातलाई पनि व्यवस्थित गराउनु पर्नेमा जोड दिए ।

    चेम्बरले सीमा व्यापारलाई व्यवस्थापन गर्नुपर्ने सहित विभिन्न १० बुंदे सुझाव गृहमन्त्रीलाई दिएको छ । वैदेशिक रोजगारबाट फिर्ता हुने युवाको सीप सम्वन्धी सम्पुर्ण बिवरण संकलन गरी उनीहरुको सीपलाई स्वदेशमै उपयोग गर्ने वातावरण मिलाउन समेत चेम्बरले आग्रह गरेको छ ।

    नेपालमा पछिल्लो समय बैंकिङ सफ्टवेयर ह्याक हुने, एटीएमबाट अनधिकृत रुपमा पैसा चोरी हुने लगायतका वित्तीय अपराधका घटना वृद्धि भइरहेकाले यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न समेत चेम्बरले गृहमन्त्री लामिछानेलाई आग्रह गरेको छ । आमसर्वसाधारणसँगै निजी क्षेत्र पनि साइबर अपराधको सिकार भइरहेकाले सरोकारवाला सबैसँग सुझाव लिइ, अन्तर्राष्ट्रिय अभ्यासका आधारमा साइबर सुरक्षासम्बन्धी कानुन बनाईव्यवस्थित गर्न पनि चेम्बरले माग गरेको छ ।

    पर्यटन क्षेत्रका लागि रात्रिकालीन व्यवसायको महत्वपूर्ण भूमिका रहेको भन्दै चेम्बरले काठमाण्डौको ठमेल, चितवनको सौराहा तथा पोखरास्थित रात्रीकालीन व्यवसायहरु निर्वाध ढंगले सचालन हुने वातावरण मिलाउन नवनियुक्त गृहमन्त्री लामिछानेको ध्यानाकषर्ण गराएको छ ।

    चेम्बर पदाधिकारीको भेटपछि गृहमन्त्री लामिछानेले सीमामा भईरहेको अनधिकृत व्यापार रोक्न सुरक्षा निकायलाई सचेत गराएको जानकारी दिए । नेताले संरक्षण गर्ने नभई नीतिले संरक्षण गर्ने व्यवस्थाका लागि आफु प्रयासरत रहेको गृहमन्त्री लामिछानेको भनाई छ । कानूनको उल्लंघन नहुने हद सम्मका लागि व्यवसायिक वातावरण बनाउन आफु प्रयासरत रहेको गृहमन्त्री लामिछानेले बताए ।

    प्रतिकृया दिनुहोस्

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...

    शनिबार भक्तपुरको सूर्यमढीमा नि:शुल्क दन्त शिविर संचालन हुने

    नेकपा(माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको भक्तपुर नगर समितिले नि:शुल्क दन्त शिविर...

    पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विष्टलाई पितृशोक

    नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. महेन्द्र विष्टलाई पितृशोक...

    भक्तपुरका जिसस प्रमुखको गुनासो – चार मेयर चार मुख गर्नुहुन्छ

    एचआईभी संक्रमित तथा लागुपदार्थ प्रयोगकर्ताहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा भक्तपुरका चार वटा नगरपालिकाले बेवास्ता गरेको...

    प्रेस सेन्टर काभ्रेमा नयाँ नेतृत्व

    काभ्रे । प्रेस सेन्टर नेपालको काभ्रेपलाञ्चोक जिल्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । बनेपामा...