News Portal

  • प्रधानमन्त्री र माधव नेपालबीच भेटवार्ता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ पुस २०७९
    ३९८ पटक
     भक्तपुर, २४ पुस २०७९

    प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित नेकपा (माओवादी केन्द्र)को दलको कार्यलयमा दुई नेताकाबीचमा भेटवार्ता भएको हो ।

    यो वर्ता लगत्तै सत्ता गठबन्धन दलको बैठक पनि त्यही बस्दैछ । प्रदेशका मुख्यमन्त्री भागबन्डामा सहमति खोजने गरी सत्ता गठबन्धन दलका नेताहरुको बैठक बस्न लागेको हो ।

    माओवादीले कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँग नयाँ समिकरण निर्माण गरेपछि नेकपा एकीकृत समाजवादी अप्ठ्यारोमा परेको छ ।

    कांग्रेससंग गठबन्धन तोडनै पर्ने स्थित आए एमाले अध्यक्ष केपी ओलीसँग सँगै गएर कुराकानी गर्ने प्रचण्ड र नेपालको वीचमा समझदारी भएपनि अन्तिममा प्रचण्ड एक्लै गएर नयाँ समिकरण बनाएपछि नेपाल प्रचण्डसँग रिसाएका छन् । यधपी, प्रचण्ड प्रधानमन्त्री भएपछि यी दुई नेताका बीचको यो तेस्रो भेटघाट हो ।

    नेपालले प्रधानमन्त्रीसँग पहिलो पटक प्रचण्डका भान्जा गोकुल भण्डारीको हात्तिवनस्थित निवासमा र दोस्रो पटक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भेटवार्ता गरेका थिए । त्यसपछि माओवादी दलको कार्यलयमा यो तेस्रो भेटवार्ता हो ।

    प्रधानमन्त्रीले माधव नेपालसंग विश्वासको मत दिन र सरकारमा समेत सहभागि हुन आग्रह गरिरहेका छन् । प्रधानमन्त्रीले पर्सि २६ पुसमा संसदमा विश्वासको मत लिँदैछन् । तर नेपालको पार्टी एकीकृत समाजवादीभित्र देखा परेको दुई धारका कारण यो विषयमा एकीकृत समाजवादीले निर्णय लिएको छैन । यससम्वन्धमा समाजवादीले केन्द्रीय सचिवालयलाई निर्णय गर्न दिने अख्तियारी दिएको छ ।

    प्रचण्डले भने आजको छलफलमा विश्वासको मतका विषमया निर्णय लिन नेपाललाई आग्रह गदै आफुलाई सहयोग गर्न आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...