News Portal

  • प्रतिनिधिसभामा निर्वाचनपछि पहिलो बैठक आज बस्दै

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,२५ पुस २०७९
    २२३ पटक
     भक्तपुर,२५ पुस २०७९

    प्रतिनिधिसभामा सोमबार मंसिर ४ को निर्वाचनपछिको पहिलो बैठक बस्दै छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य राप्रपाका नेता पशुपति शमशेर राणाको अध्यक्षतामा सो बैठक बस्ने भएको हो ।

    आज बस्ने बैठकमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने छ । त्यसपछि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्ति र मन्त्रिरिषद गठनबारे संसदलाई जानकारी गराएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ । बैठकलाई सबै दलका प्रतिनिधिहरुले सम्बोधन पनि गर्नेछन् ।

    आज र भोलिको संसद सञ्चालनका लागि जेष्ठ सदस्य राणाले २२ पुसमा सर्वदलीय बैठक बोलाएका थिए । यक्त बैठकमा पहिलो दिन र भोलि प्रधानमन्त्री प्रचण्डले संसदमा लिन लागेको विश्वासको मतका विषयको कार्यसूचीमा छलफल भएको थियो । बैठक सञ्चालनसँग सम्वन्धित नयाँ नियमावली नबन्दासम्म पूरानै नियमावलीका आधारमा बैठक सञ्चालन गर्ने समझदारी पनि सर्वदलीय बैठकमा भएको थियो ।

    अधिवेशन सुरु भएको पहिलो बैठकमा शीर्ष नेताहरुले शुभकामना दिने विगतदेखिकै प्रचलन छ । त्यसअनुसार सोमबार प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्टिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतले शुभकामनासहित आफ्नो धारणा राख्नेछन् ।

    मंसिर ४ को निर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्यहरुले पुस ७ गते ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । सभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्य राणाले नै बैठक चलाउने छन् ।

    मंगलबार (भोलि) को संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् ।

    संसदले माघ ७ मा सभामुखको निर्वाचन गराउने गरी आन्तरिक तयारी भईरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...