News Portal

  • मन्त्रिमण्डल विस्तार भएसंगै दिउँसो १ बजे शपथ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३ माघ २०७९
    ३८६ पटक
    भक्तपुर, ३ माघ २०७९

    मंगलबार प्रधानमन्त्री दाहालले मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंगिएसँगै आज प्रम दाहालले मन्त्रिमण्डल विस्तार गर्ने भएका हुन् ।

    नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । सोमबार सत्ता गठबन्धनमा सहमति जुटेसँगै आज नयाँ मन्त्रीहरूको शपथ हुने भएको हो ।

    ‘कुन पार्टीले कुन कुन मन्त्रालय लिने भन्ने तय भएको छ । तर आज मन्त्रीसहित सार्वजनिक गर्ने छौं,’ उनले भने , ‘यहाँ भएको सहमतिबारे आ-आफ्नो पार्टीमा छलफल गर्छौं र एक बजे भन्दा अगाडि परिर्वतन पनि हुनसक्छ ।

    दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । नेकपा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राप्रपाले पनि तीन मन्त्री पाउनेछ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । नेकपा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । माओवादी केन्द्रले प्रधानमन्त्री पाएकाले राष्ट्रपति र सभामुख एमालेले पाउने एक नेताले बताए । उपसभामुख र उपराष्ट्रपतिको बारेमा भने अझै छलफल भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...