News Portal

  • ७१ औं अन्तराष्ट्रिय भन्सार दिवसमा डा. मैनाली सम्मानित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १३ माघ २०७९
    १९४ पटक
    भक्तपुर, १३ माघ २०७९

    नेपाल चेम्बर अफ कमर्सले भन्सार विभागका निर्देशक डा. राम मैनालीलाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले ७१ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा निर्देशक रेग्मीलाई सम्मान गरेको हो ।

    काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र अर्थसचिव तोयम रायले प्रमाणपत्र सहित निर्देशक मैनालीलाई सम्मान गरेका थिए । अर्थमन्त्रालयमा लामो समय काम गरेका मैनाली यसअघी रसुवा भन्सार प्रमुखका रुपमा काम गरेका थिए । अर्थमन्त्रालयले भ्याट प्रणाली लागु गर्दा उनले पनि योगदान पुर्याएका थिए ।

    सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आयत निरुत्साहित र निर्यात प्रर्वद्धन हुनेगरि ब्यापार सहजीकरण हुनुपर्ने बताए । उनले भन्सारमा सन्दर्भ मुल्य भन्दा पनि कारोबार मुल्यलाई मान्यता दिनुपर्ने जनाए । भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउने मल्लको भनाई छ ।

    कार्यक्रममा अध्यक्ष मल्लले बिल बिजक लिने दिने कार्यलाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिंदै करको दर नभई दायरा बढाएर राजश्वको लक्ष्य पुरा गर्नुपर्ने बताए । सरकारी नीति एकद्धारा हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाईरहेका भन्दै उनले भन्सार प्रशासनमा पनि डिजीटल प्रणालीको व्यवस्था गर्नुपर्ने बताए ।

     

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...