News Portal

  • रवि लामिछानेको बिपक्षमा सर्वोच्चको फैसला, सांसद र मन्त्री पद चैट

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १३ माघ २०७९
    २८९ पटक
    भक्तपुर, १३ माघ २०७९

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद र मन्त्री पद खारेज भएको छ । सर्वोच्च अदालतले उनको नागरिकता सम्बन्धि मुद्दाको फैसला सुनाएसंगै लामिछानेको पद खारेज भएको हो । उम्मेद्वारी मनोनयनका क्रममा  चितवनको निर्वाचन अधिकृतको कार्यालयमा उनले पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र कायम नभएको भन्दै त्यसले मान्यता नपाउने सर्वोच्चको संवैधानिक इजलासले शुक्रबार फैसला सुनाएको हो ।

    कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित बसेको संवैधानिक इजलासको फैसलापछि गृहमन्त्री लामिछानेको चितवन–२ को सांसद पद समेत रिक्त भएको छ ।

    नेपालको संविधानमा गैरसांसद समेत मन्त्री हुन पाउने व्यवस्था रहेको छ । तर, लामिछानेको नागरिकता मान्य नभएकाले उनी उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भएका छन् ।

    उनले अमेरिकी नागरिकता त्यागिसकेकाले तत्काल जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा गएर नेपाली नागरिकता प्राप्त गर्न सक्ने बाटो भने खुला नै रहेको छ ।नागरिकता प्राप्त गरि गैर सांंसदको रुपमा उनी पुन मन्त्रीमा नियुक्त हुने बाटो भने बन्द भएको छैन । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरि रास्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरेका लामिछाने जनता माझ लोकप्रिय रहेका छन् । उनी रास्वपाका अध्यक्ष हुन् ।

    हेर्नुहोस फैसलाको पाठ

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...