News Portal

  • पूर्व गृहमन्त्री लामिछानेले पाए नागरिकता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ माघ २०७९
    २८९ पटक
     भक्तपुर, १५ माघ २०७९

    पूर्व गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । उनले काठमाडौं जिल्ला प्रकाशन कार्यालय बबरमहलबाट नागरिकताको प्रमाणपत्र प्राप्त गरेको जानकारी काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले दिएका हुन् ।

    नागरिकता ऐन र नियमावली अनुसार नेपाली नागरिकता पुनः कायम गरिपाऊ भनी निवेदन प्राप्त भएकाले ऐन र नियमावली अनुसार लामिछानेले नेपाली नागरिकताका प्रमाणपत्र प्राप्त गरेको प्रजिअ उपाध्यायले बताए ।’’

    यसैगरी पूर्व गृहमन्त्री लामिछानेका प्रेस संयोजक नवराज पाण्डेले समेत पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको जानकारी दिए ।

    नागरिकता लिएर बाहिरिने क्रममा भने लामिछानेले कुनै प्रतिक्रिया दिनुभएन । बाहिर उहाँका समर्थकको बाक्लो उपस्थिति रहेको थियो ।

    लामिछानेले पहिला प्राप्त गर्नुभएको नेपाली नागरिकता अमेरिकाको नागरिकता प्राप्त भएपछि समाप्त भएको थियो ।

    उनले पुनः नेपाल आएर अमेरिकी नागरिकता त्याग गरेको निस्सा जिल्ला प्रशासन कार्यालयमा नबुझाउँदा उहाँको प्रतिनिधि सभा सदस्यसमेत खारेज भएको थियो ।

    नागरिकताकै विषयमा उनले गृहमन्त्री र उपप्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट उनको राजीनामा स्वीकृत भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...