News Portal

  • किन भेटे रविले प्रधानमन्त्री प्रचण्डलाई

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ माघ २०७९
    ४४१ पटक
     भक्तपुर, १७ माघ २०७९

    राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमद दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सत्ता गठबन्धन निर्माण गर्दा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीका भागमा परेकाले पुनः पाउनु पर्ने माग लामिछानेले राखेको स्रोतले बताएका हुन् ।

    तर, प्रधानमन्त्री प्रचण्डले भने गृह मन्त्रालय होइन अन्य कुनै मन्त्रालय दिन सकिने बताएको पनि स्रोतले बताएको छ ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता बदर हुने फैसला सुनाएपछि उनी शुक्रबार सांसद, उपप्रधानमन्त्री तथा गृहमन्त्री र पार्टी अध्यक्षबाट पदमुक्त भएका थिए । त्यसपछि रविले आइतबार पुनः जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नयाँ नागरिकता लिएका छन् ।

    नयाँ नागरिकता लिएपछि गैरसांसदलाई ६ महिना मन्त्री बनाउन सकिने संवैधानिक प्रवधानका आधारमा गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई रविले दबाब दिँदै आएका छन् । तर प्रचण्ड भने नदिने पक्षमा छन् । उनलाई पार्टीबाट पनि गृह मन्त्रालय नदिन सुझाव आएको छ ।

    भेटमा राष्ट्रपति निर्वाचन र सत्ता गठबन्धनबारे पनि कुराकानी भएको स्रोतले बताएको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...