News Portal

  • बाढीले बगाएको पुल नबन्दा स्थानीयलाई सकस

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ माघ २०७९
    २१७ पटक
     भक्तपुर, २४ माघ २०७९

    कालिकोटमा नरहरिनाथ गाउँपालिको रहगाड झाेलुङ्गे पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ । २०७७ साल साउन १३ गते आएको बाढीले रहगाड झाेलुङ्गे पुल आधा बगाएको थियो । लामो समय सम्म पनि मर्मत नहुँदा स्थानीयलाई सकस भएको हो ।

    झाेलुङ्गे पुल बाढीले बगाएको दुई वर्ष छ महिना पुग्दासम्म मर्मत नहुँदा गाउँपालिकाभरिका नागरिक समस्यामा छन् । उक्त पुलबाट नरहरिनाथ गाउँपालिका वडा नं १ देखि ९ सम्मका नागरिकमा सहज हुने गरेको थियो । तीन वर्षदेखि यो पुल निर्माण हुन नसक्दा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । वडा नं ४ र ५ का नागरिक पनि सोही पुलको प्रयोग गर्छन् ।

    नरहरिनाथ गाउँपालिका वडा नं १ का ज्ञानबहादुर विष्टले तीन वर्ष पुग्न लाग्दासम्म झाेलुङ्गे पुल मर्मत नहुँदा नागरिकले निकै सास्ती पाएको गुनासो गरेका छन् । नरहरिनाथ गाउँपालिका वडा नं ३ का मीनबहादुर बुढाले लामो समय झाेलुङ्गे पुल मर्मत नहुनु दुःखद भएको सुनाए ।

    स्वास्थ्यकर्मी बुढाले आफूहरू आकलझुक्कल गाउँ जाँदा त कति दुःख हुन्छ भने सधैँ वारिपारि गरिरहने र बिरामीलाई मान्म ल्याउँदा नागरिकलाई कति दुःख भएको होला, त्यति पनि स्थानीय सरकारले नसोचेको सुनाए ।

    नरहरिनाथ गाउँपालिका सूचना अधिकारी भरतकुमार कठायतले उक्त पुल बनाउन नसकिने भएकाले अर्को ठाउँमा नयाँ पुल बनाउने काम सुरु भए पनि केही समस्याले गर्दा काम रोकिएको जानकारी दिए । पुल निमार्णको जिम्मा लिएको सामाजिक तथा प्राविधिक क्षेत्र हेरिरहेको मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरुन्डेक)ले हालसम्म पुल मर्मतमा बेवास्ता गरेको स्थानीयको आरोप छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...