News Portal

  • टुँडिखेलमा ७३ औं प्रजातन्त्र दिवस मनाइयो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ फागुन २०७९
    २६३ पटक
     भक्तपुर, ७ फागुन २०७९

    आज फागुन ७ गते सैनिक मञ्च टुँडिखेलमा ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । हरेक वर्ष मनाउँदै आएको प्रजातन्त्र दिवस आज पनि विभिन्न कार्यक्रम गरी मनाइएको हो । यो दिवस विभिन्न कार्यक्रम गरी देशभर नै मनाइन्छ ।

    टुँडिखेलमा आयोजित राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ मुल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकाय तथा कुटनीतिक निकायका प्रमुखहरू सहभागी थिए ।

    समारोहमा नेपाली सेनाको दुई हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ अंकित ब्यानर प्रदर्शन र पुष्प वृष्टि गरिएको थियो । साथै मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाउनुका साथै शहीदहरुप्रति श्रद्धापूर्ण रुपमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै एक मिनेट मौन धारण समेत गरिएको थियो ।

    नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपास गर्नुका साथै देशप्रेमका कालजयी गीतहरुको धुन र व्याण्ड बजाएर प्रजातन्त्र दिवस मनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...