News Portal

  • आजदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ फागुन २०६७९
    २२८ पटक
     भक्तपुर, ११ फागुन २०६७९

    सरकारले आजबाट हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवन अभियान सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले यही फागुन ११ गतेदेखि फागुन २५ गतेसम्म १५ जिल्लामा अभियान सञ्चालन हुने बताएका छन् ।

    डा. दाहालका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली गरी १५ जिल्लाका ८४ लाख ९८ हजार ५०१ जनालाई औषधि खुवाउने लक्ष्य रहेको छ ।

    सरकारले ६४ जिल्लामा सञ्चालित यो अभियान हाल आएर ४८ वटा जिल्लामा बन्द गरिसकेको छ । बाँकी १४ जिल्लामा औषधि खानयोग्य सबैले औषधि नखाइदिँदा समस्या जीवित रहेको छ । साथै हरेक दुई वर्षमा रगत जाँच गरी हेर्दासमेत यी जिल्लामा रोगको दर अपेक्षिकृत रुपमा नघटेकाले यी जिल्लामा पटक पटक औषधि खुवाउन परेको जनस्वास्थ्यविद् रामकुमार महत्तोको भनाइ छ ।

    महत्तोले यो औषधि सुरक्षित भएकाले ढुक्कसँग खाना आग्रह गरेका छन् । उनले भने, “रोग लागिसकेकालाई रोगबाट बचाउनका साथै रोग लाग्नबाट बचाउने हुँदा प्रभावित जिल्लाका सबैजनालाई आम औषधि सेवन गर्न आग्रह छ ।”

    हात्तीपाइले रोगका लक्षणहरु नदेखिए पनि रोगका परजीवीहरु शरीरमा हुनसक्छन्, यो समस्या भएकाले औषधि खानासाथ रोगका परजीवीहरु मर्ने र भविष्यमा रोग लाग्न नदिने महत्तोको भनाइ छ । महत्तोका अनुसार औषधि सेवन कारण शरीरमा भएका हात्तीपाइलेका परजीवीहरु अरु स्वास्थ्य मानिसको शरीरमा सर्दैनन् । समुदायमा केही व्यक्तिमा रोगका परजीवीहरु छन् र औषधि सेवन गरेमा लामखुट्टेले टोके पनि शरीरमा ती परजीवीहरु सर्न सक्दैनन् ।

    औषधि दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरु तथा ओछ्यान परेका सिकिस्त बिरामी, मिर्गौला रोगका लागि डायलासिसजस्ता जीवनभर चिकित्सकको निगरानीमा बसेका मानिसलाई औषधि नखान महत्तोको सुझाव छ । औषधि खाली पेटमा नखान चिकित्सकको सुझाव छ ।

    आम औषधि सेवन कार्यक्रमका लागि ९ हजार ५ सय स्वास्थ्यकर्मी र १३ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिँदै छ । सन् २०३० सम्ममा नेपालमा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य छ । गोरखापत्र

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...