News Portal

  • ३५ प्रतिशतभन्दा कम अंक ल्याए १०मा जना नपाउने

    भक्तपुरपोस्ट संवाददाता  भक्तपुर, १५ फागुन २०७९
    २७९ पटक
      भक्तपुर, १५ फागुन २०७९

    कक्षा नौमा अध्ययनरत विद्यार्थीले वार्षिक परीक्षामा ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा १०मा जान नपाउने भएका छन् । विद्यार्थीको उपलब्धि मूल्याङ्कनका लागि पाठ्यक्रम विकास केन्द्रले कार्यान्वयनमा ल्याएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ ले यस्तो व्यवस्था गरेको हो ।

    माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई लक्षित गरेर ल्याइएको उक्त निर्देशिका कक्षा नौका विद्यार्थीमा लागू हुन्छ कि हुँदैन भन्ने दुविधा विद्यालयमा थियो ।

    नयाँ पाठ्यक्रम लागू भएका कक्षाहरूमा क्रमशः निर्देशिका लागू गर्दै जाने योजनाअनुसार यस वर्ष कक्षा नौबाट लागू गर्न लागिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएका छन् । आगामी चैत महिनामा सञ्चालन हुने कक्षा नौको वार्षिक परीक्षामा २०७८ सालमा स्वीकृत भएको लेटर ग्रेडिङ निर्देशिका नै लागू हुने उनले बताए । कक्षा नौमा यसै वर्षदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।

    तीन पटक मौका परीक्षा

    नयाँ पद्धतिअनुसार ३५ प्रतिशतभन्दा कम नतिजा प्राप्त गर्ने विद्यार्थीको मूल्याङ्कन ननग्रेडेड अर्थात् अनुत्तीर्ण हुनेछ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले वार्षिक परीक्षामा अनुत्तीर्ण भए पनि त्यस्ता विद्यार्थीलाई अधिकतम तीन पटकसम्म मौका परीक्षामा सहभागी हुने अवसर दिइने बताए ।

    वार्षिक परीक्षामा बढीमा दुई विषयसम्म ननग्रेडेड प्राप्त गरेकाका लागि स्कुलले तत्काल मौका परीक्षा सञ्चालन गर्नुपर्नेछ । पहिलो पटकको मौका परीक्षाबाट पनि नतिजा सुधार गर्न नसकेमा त्यस्ता विद्यार्थीले अर्को वर्षको चैतमा नियमित विद्यार्थीका लागि सञ्चालन हुने वार्षिक परीक्षामा आंशिक परीक्षार्थीका रूपमा सहभागी हुनुपर्नेछ । दोस्रो पटकको यो परीक्षामा उनीहरूले दुई विषयको मात्रै परीक्षा दिए पुग्छ ।

    यो परीक्षामा पनि अनुत्तीर्ण भएमा विद्यार्थीले तेस्रो पटकको मौका परीक्षामा सहभागी हुन पाउनेछन् । उक्त परीक्षामा उत्तीर्ण हुन सकेनन् भने त्यस्ता विद्यार्थीले कक्षा नौबाट फेरि नियमिततर्फका विद्यार्थी सरह पढ्नुपर्नेछ । एसईईमा सहभागी हुन विद्यार्थीले कक्षा नौको ग्रेडसिट अनिवार्य रूपमा पेस गर्नुपर्ने हुन्छ । गत वर्ष विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ पाठ्यक्रमको कार्यान्वयनसँगै नयाँ लेटर ग्रेडिङ निर्देशिका लागू गर्ने निर्णय गरेको थियो । उक्त निर्देशिका कार्यान्वयनमा आएको भए गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा पनि निर्देशिका अनुसार नै प्रकाशित गर्नुपर्दथ्यो तर परीक्षाको नतिजा सार्वजनिक हुने अघिल्लो दिन निर्देशिका संशोधन गरेर गत वर्ष एसईईमा पुरानै मूल्याङ्कन पद्धति लागू गरिएको थियो ।

    २०७९ सालको एसईईका परीक्षार्थीको नतिजा प्रकाशनमा पनि नयाँ वा पुरानो कुन निर्देशिका लागू गर्ने भन्ने निर्णय अझै भएको छैन । गत वर्षदेखि कार्यान्वयनमा आएको निर्देशिकामा ए, ए प्लस, बी, बी प्लस, सी, सी प्लस र डी श्रेणीमा विभाजन गरेर विद्यार्थीको मूल्याङ्कन हुने उल्लेख छ । विगतमा जस्तो डी प्लस हटाइएको छ भने ननग्रेडेड अर्थात् एनजी थप गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...