News Portal

  • असी वर्षको उमेरमा पनि सरकारी जागिर!

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ फागुन २०७९
    २०९ पटक
     भक्तपुर, २३ फागुन २०७९

    कुनै सरकारी कार्यालयमा काम गर्ने कर्मचारी कति वर्षको होला ? तपाईंलाई लाग्न सक्छ बढीमा ५८, ६० वर्ष तर पाल्पाको एक सरकारी कार्यालय मातहत काम गर्ने दुई जना कर्मचारी ८० वर्षको उमेरमा पनि अवकाश पाउन सकेका छैनन् । पाल्पाको अतिरिक्त हुलाक कार्यालयमा काम गर्ने दुई जना कर्मचारी ८० वर्षको उमेरमा पनि कार्यालयको काममा सक्रिय रहेका छन् ।

    जिल्लाको रामपुर–२, दर्छाको अतिरिक्त हुलाक कार्यालय हुलाक प्रतिनिधिका रूपमा कार्यरत भीमलाल खनाल ८० वर्षको पुगे । उनी अहिले पनि हुलाक कार्यालयमा हुलाक प्रतिनिधिका रूपमा काम गर्दैछन् । उनले भने, “हुलाक प्रतिनिधिका रूपमा काम गरेर ८० वर्ष पुगेँ । मैले काम गरेको ३७ वर्ष पुगिसकेको छ । सरकारले पनि काम छोड भनेको छैन, मैले सकेको काम अहिले पनि गरेकै छु ।”

    खनाल मात्रै होइन, निस्दी गाउँपालिका–४ स्थित मित्याल अतिरिक्त हुलाक कार्यालयमा डाँकवाहकका रूपमा ८० वर्षका चुरामसिंह सुनारी कार्यरत छन् । उमेरले आराम गर्ने बेला भए पनि सुनारी अहिले पनि आफ्नो कार्यालयमा पुगेर काममा खटिने गर्छन् । सुनारी आफू ५४ वर्षको उमेर हुँदा डाँक प्रतिनिधिका रूपमा हुलाक कार्यालयमा सेवा प्रवेश गरेका थिए ।

    उमेर ८० वर्ष पुगे पनि उनीहरु दुवै जनाले सक्रियताका साथ काम गर्दै आएको जिल्ला हुलाक कार्यालय पाल्पाले जनाएको छ । उमेरले ८० वर्ष पुगे पनि खनाल र सुनारीले सक्रियतापूर्वक काम गर्दै आएको जिल्ला हुलाक कार्यालय पाल्पाका प्रमुख जयदीप पन्थीले बताए ।

    “उमेरले ८० वर्ष पुग्नुभयो,” पन्थीले भने, “तर, उहाँहरू अहिले पनि कार्यालयले तोकेको काममा सक्रिय हुनुहुन्छ । पहिलेजस्तो कार्यालयमा चिठीपत्र दर्ता, सङ्कलन र वितरणको चाप नभए पनि उहाँहरू दुवै जना नियमित कार्यालयमा आएर तोकिएको काम गर्नुहुन्छ।” नेपाल सरकारको अतिरिक्त हुलाक नियमावली २०३४ अनुसार नियुक्त भएका उनीहरु अहिले मासिक आठ हजार ३१० रुपियाँ तलब पाउँछन् । सरकारबाट दिने सुविधा पाएपछि उनीहरु दुवै जनाले ज्येष्ठ नागरिक भत्ता भने लिएनन्। बिहान १० देखि १२ बजेसम्म नियमित हुलाक कार्यालयमा आएर काम गर्नुपर्ने प्रावधान छ । नियमावलीअनुसार १६ वर्ष उमेर पुगेका नागरिकले अतिरिक्त हुलाक कार्यालयमा सेवा गर्न सक्ने प्रावधान छ तर सेवानिवृत्त हुने उमेर अवधि नतोकिएका कारण उनीहरु हालसम्म पनि कार्यरत रहेको जिल्ला हुलाक कार्यालय पाल्पाका सूचना अधिकारी टङ्क भण्डारीले जानकारी दिए ।

    नियमावलीमा जागिर छाडे उक्त पद रिक्त हुने वा कार्यालयले कारबाही गरे मात्र जागिर नरहने व्यवस्था रहेको भण्डारीले बताए । “हामीले उमेर धेरै भएको भनेर हटाउन मिल्दैन, काम गर्दासम्म केही गर्न सक्दैनौँ,” उनले भने, “उहाँहरूले राजीनामा दिनुप-यो कि कारबाही गर्नुप-यो।” हुलाक कार्यालयका अनुसार विभिन्न अतिरिक्त हुलाक कार्यालयमा काम गर्ने ७० वर्ष उमेरमाथिका अन्य १० जना रहेका छन् । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...