News Portal

  • पाटन क्याम्पसमा निर्वाचन नगर्ने षडयन्त्र भएको भन्दै ८ संगठनकाे आपत्ति

    भक्तपुर, २९ फागुन २०७९
    ३४८ पटक
    भक्तपुर, २९ फागुन २०७९

    पाटन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन नगर्ने षडयन्त्र गरेको भन्दै ८ विद्यार्थी संगठनले आपत्ति जनाएका छन्।
    उनीहरुले तत्काल चुनावी कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन्।

    शनिबार स्ववियु चुनावको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका थियो तर, नेपाली कांग्रेस निकट नपाल विद्यार्थी संगठनको केही विद्यार्थीले निर्वाचन कार्यालय तोडफोड गरेपछि मनोनयन प्रक्रिया रोकिएको थियो।
    आइतबार विहानै विद्ययार्थी संगठनसँग सहमति जुटाउन सर्वपक्षीय बैठक हुँदा मुख्य निर्वाचन अधिकृतसहित सबै निर्वाचन अधिृतले राजीनामा दिएका थिए।

    उनीहरुले कुनै दल विशेषको विद्यार्थी संगठनको योजनामा राजीनामा दिएर माहोल भाड्न खोजेको आरोप लगाएका छन्।८ विद्यार्थी संगठनले चुनावमा कार्यगत एकता गरेका छन्।

    निर्वाचन अधिकृतले राजीनामा दिएपछि चुनाव अनिश्चत भएको भन्दै नेविसंघ, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, नेपाल क्रानितकारी विद्यार्थी संगठन, नेपाल क्रान्तिकारी विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त विज्ञप्ती निकाल्दै चुनाव नगर्ने षडयन्त्र भएको आरोप लगाएका हुन्।

    उनीहरुले चुनावी प्रक्रिया सुरु नगरे क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने माग गरेका छन्। ‘अमुक पार्टीको सिफारिसमा क्याम्पस बनेका यस क्याम्पस प्रमुखले आफ्नो आस्था रहेको विद्यार्थी संगठन पराजय हुने देखेर चुनाव विथोल्न हरकत गरेको संयुक्त विद्यार्थी संगठनको ठहर छ,’ विज्ञप्तीमा भनिएको छ, ‘रोकिएको निर्वाचन प्रक्रिया सुचारु नगरे क्याम्पस प्रमुखले ततकाल राजीनामा गरी निमित्त क्याम्पस प्रमुखबाट निर्वाचन गराउने आवश्यक निर्णय गर्न त्रिभुवन विश्वविद्यालय प्रशासनसँग माग गर्दछौं।’

    उनीहरुले क्याम्पस प्रमुखलाई अनिश्चित समयसम्म क्याम्पस प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन्।
    स्ववियु निर्वाचन चैत ५ गतेलाई तोकिएको छ। तर, पाटन क्याम्पससमा अहिलेसम्म उम्मेदवारी मनोनयन हुन सकेको छैन।

    यसबारेमा एमाले निकट अनेरास्ववियुले भने कुनै धारणा सार्वजनिक गरेको छैन।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...