News Portal

  • संघीय शिक्षा विधेयक छिट्टै संसदमा पेश गर्छौं : प्रधानमन्त्री प्रचण्ड

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ३० चैत २०७९
    ७३० पटक
    भक्तपुर, ३० चैत २०७९

    काठमाडौं। एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को छैठौं राष्ट्रिय महाधिवेशन आजदेखि शुरु भएको छ। तीनदिनसम्म चल्ने महाधिवेशनको आज काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् ।

    दुई दिनसम्म चल्ने बन्दसत्र भने क्वालिटि ब्यांक्वेट बुद्धनगरमा हुने संगठनले जनाएको छ । महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकभित्र राजनीतिक चेतना विस्तार गर्दै जनतालाई जागृत तुल्याउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए । देशका गाउँ–गाउँ र टोलटोलमा रहेर राजनीतिक परिवर्तन र जनचेतना विस्तारका लागि शिक्षकले खेलेको भूमिकाको पनि उनले मुक्तकण्ठले प्रशंसा गरे ।

    शिक्षा क्षेत्र र शिक्षक पेसालाई व्यवस्थित बनाउन अझै धेरै काम बाँकी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिका उच्च पदमा रहेका धेरैजसो व्यक्ति शिक्षक पृष्ठभूमिबाटै आएको समेत स्मरण गरे ।

    शिक्षक पेसालाई मर्यादित बनाउनका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारी दिँदै उनले सङ्घीय शिक्षा ऐनलाई छिट्टै सङ्घीय संसद्मा पेस गर्ने तयारी भइरहेको बताए । ‘ढुक्क हुनुहोस् शिक्षकले चाहे जस्तै शिक्षा ऐन आउँछ । छिट्टै संसदमा पेस गर्छौं ।’ प्रधानमन्त्री प्रचण्डले भने ।

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले परिवर्तनको प्रवाहको संरक्षणका लागि गाउँ, टोलटोलमा खटिने शिक्षकको भूमिका महत्वपूर्ण हुने बताए । शिक्षा सुध्रिएमात्रै मुलुक समृद्ध बन्ने भन्दै गुरुङले शिक्षकको योगदानलाई नजरअन्दाज गर्न नसकिने बताए ।

    माओवादी केन्द्रका नेता नारायण दाहालले नेपालका राजनीतिक परिवर्तनका शिक्षकहरुको भुमिका महत्वपूर्ण रहेको भन्दै अब शैक्षिक क्रान्तिमा पनि महत्वपूर्ण भुमिका निर्वाह गर्न शिक्षकहरुलाई आग्रह गरे ।

    कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले उत्पीडित शिक्षकको समस्या समाधानमा महासंघ लागिपरेको बताइन् । सार्वजनिक शिक्षा सुधार्न सबै शिक्षकवर्ग एक ठाउँमा उभिनुको विकल्प नरहेकोमा उनको जोड थियो ।

    एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि खारेज गराउन लागिपरेका शक्तिलाई तह लगाउन शिक्षक सङ्गठनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उत्पीडित शिक्षक कर्मचारीको अधिकार प्राप्तिका लागि संगठन सधैँ अग्रमोर्चामा रहने उनको भनाइ थियो ।

    कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक, बुद्धिजीवी संगठनका अध्यक्ष कृष्ण केसी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु भण्डारी, अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानुभाइ कार्की, नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी, इस्टुका अध्यक्ष होमकुमार थापा, नेपाल शिक्षक संघका उपाध्यक्ष याम पी. भुसाललगायतले संघीय शिक्षा ऐन जारी गर्न शिक्षक संघ–संगठनहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...