News Portal

  • २० वर्षपछि बिहे गर्नेलाई रु १० हजार पुरस्कार

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ चैत्र २०७९
    ५३२ पटक
     भक्तपुर, २ चैत्र २०७९

    कालिकोटमा २० वर्षपछि बिहे गर्नेलाई रु १० हजार पुरस्कार दिने घोषणा गरेको छ । कालीकोटको शुभकालिका गाउँपालिका -७ ले चैत्र १ गतेबाट लागु हुनेगरी महिलाको हकमा २० वर्ष पूरा गरेर विवाह गरेको पाइएमा ती महिलालाई दश हजार पुरस्कार दिने घोषणा गरेको हो ।

    समाजमा बढिरहेको बालविवाहलाई रोक्न अबदेखि उक्त वडाका कसैले विवाह गरेमा वडा सरकारको सिफारिस लिनुपर्ने पालिकाले जनाएको छ । वडा नं. ७ का वडा अध्यक्ष प्रेमबहादुर शाहीद्वारा हस्ताक्षरित सूचनामा आज चैत १ गतेदेखि लागु हुनेगरी विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरिएको जानकारी दिएका छन् । बालविवाह रोक्न यो नीति लिइएको पत्रमा उल्लेख छ ।

    किर्डाक नेपाल कालीकोटका केस वर्केर जगत भट्टराईले अबदेखि वडाका कुनै पनि महिला र पुरुषले अन्य कुनै वडा वा जिल्लाबाट विवाह गर्नुपरेमा उमेर खुलेको प्रमाणपत्र लिएर वडाबाट सिफारिस अनिवार्य लिनुपर्ने नियम बनेको बताए ।

    कसैले सिफारिस नलिई विवाह गरेमा वडाबाट प्रदान गरिने सबै सेवा सुविधा बन्द गर्ने र उमेर नपुगेको पाइएमा कानुनअनुसार कारबाहीका लागि वडाले निर्णय गर्ने भट्टराईले सुनाए ।

    यसभन्दा अघि शुभकालीका गाउँपालिका वडा –४ ले पनि वडाको सिफारिसबिना विवाह गर्न नपाइने र गरिहालेमा केही सेवाबाट वञ्चित गर्ने निर्णय गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...