News Portal

  • ब्युरोक्रेसीको वर्ग विभेद अन्त्य गर्ने मन्त्री मोदीको उद्घोष

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, ७ चैत २०७९
    ५१० पटक
    काठमाडौं, ७ चैत २०७९

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले ब्युरोक्रेसीमा वर्ग विभेद कायम रहेको भन्दै त्यसको अन्त्य गर्ने उद्घोष गरेका छन् । पियन र ड्राइभर जस्ता श्रेणी बिहिन कर्मचारीहरुले दिनरात सेवा गरेपनि सेवाको सहि मूल्यांकन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनले उक्त उद्घोष गरेका हुन् ।

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) बागमती प्रदेश समितिको अधिवेशनलाई मंगलवार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री मोदीले आफू सामन्तवाद बिरुद्ध लडेर आएको भन्दै कर्मचारीतन्त्रको सामन्तवाद आफूलाई स्वीकार्य नभएको बताए । जगेडा र फाजिलमा राखेर कर्मचारीलाई काम नदिई बरण्डामै दिन बिताउन बाध्य पार्ने प्रबृत्ति बिरुद्ध आफू रहेको उनको भनाइ छ । कर्मचारीतन्त्रमा केही सीमित कर्मचारीको हालीमुहाली रहेको खुलासा गर्दै मन्त्री मोदीले तीनै कर्मचारीले बहुसंख्यक कर्मचारी माथि अन्याय गरिरहेको बताए । आफ्नो कार्यकालमा सरुवा बढुवाको बैज्ञानिक प्रणाली बनाइने र सबैमाथि न्याय गरिने उनको दावी छ ।

    आफ्नो सचिवालयलाई सरुवामा लेनदेन नगर्न निर्देशन दिएको बताउदै उनले कसैले पैसा मागे नदिन र सूचित गर्न पनि आग्रह गरे । ”सरुवा बढुवामा भनसुन र लेनदेन गर्नेलाई छुट हुदैन ।” उनले भने । आफ्ना बिरुद्ध काम गर्न नदिन केहि तत्व लागिरहेको खुलासा गर्दै मन्त्री मोदीले आफू त्यस्ता तत्वको आक्षेप र असहयोगले बिचलित नबन्ने बताए ।

    उनले कर्मचारीहरुले जागिरे मानसिकताबाट माथि उठेर देश र जनताको सेवामा जुट्नुपर्ने आवश्यकता समेत औल्याएका छन् । ” पद र प्रतिष्ठा सधैका लागि हुदैन, पदमा रहँदा पछिसम्म सम्झन लायक काम गर्नुस ।” उनले निर्देशन दिए ।

    नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत रहेका मन्त्री मोदीले परिवर्तनको पक्षमा बलिदानीपूर्ण इतिहास बोकेको पार्टीको तर्फबाट आफू मन्त्री भएको भन्दै आफ्नो कार्यकाल समावेसी, समानता र न्यायको पक्षमा रहने बताए । जनतालाई परिवर्तनको प्रत्याभूत हुनेगरी कर्मचारीले काम गर्नुपर्नेमा जोड दिदै उनले माओवादी लाई बद्नाम गराउन परिवर्तन बिरोधीहरुले भ्रम छरिरहेकाले नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) ले माओवादीको बिचार र एजेन्डालाई पक्रेर जनसेवामा जुट्नुपर्ने आवश्यकता औल्याए ।

    मन्त्री मोदीले संघीय निजामती ऐन अन्तिम चरणमा रहेको जानकारी गराउदै संघीयताको मर्म अनुरुप यसले निजामती सेवालाई व्यवस्थित बनाउने बताए । ऐन यसै अधिवेशनमा संसदमा टेबल गर्ने तयारी साथ् मन्त्रालयले काम गरिरहेको बताउदै मन्त्री मोदीले कर्मचारीतन्त्रको धेरै समस्या यसले समाधान गर्ने जिकिर गरे ।

    उक्त अवसरमा बिशेष अतिथि रहेका नेकपा(माओवादी केन्द्र) का बागमती प्रदेश अध्यक्ष एवं प्रदेश सांसद सरल सहयात्री पौडेलले परिवर्तन बिरोधीहरुले माओवादीको बिरोध गरिरहेका बताउदै परिवर्तन पक्षधरहरुले त्यसको प्रतिवाद गर्नुपर्ने प्रष्ट पारे ।

    जनयुद्धमा पार्टी जनताको घरमै पुगेर संघीयताको अभ्यास गरेको र घरघरमा जनताले जनसरकारको अनुभूति गरेका स्मरण गर्दै अध्यक्ष पौडेलले सोहीकारण पार्टीसंग जनता जोडिएका बताए । पछिल्लो समय संघीयता आएपनि कर्मचारीले त्यसको मर्म अनुरुप काम नगर्दा जनता निराश भएका उनको भनाइ छ ।

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) मा आवद्ध कर्मचारी पार्टीको बैचारिक सेना समेत भएको भन्दै अध्यक्ष पौडेलले पार्टीले ल्याएको बिचार र एजेन्डा लागू गर्दै परिवर्तनको मर्म अनुरुप जनतालाई सेवा गरी सन्तुष्ट पार्नुपर्नेमा जोड समेत दिएका छन् । जनताले लडेर ल्याएको व्यवस्था बलियो बनाउन पार्टीको दुत भएर घरघरमा पुगेर जनसेवामा जुट्न उनले निर्देशन समेत दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...