News Portal

  • २०७८को जनगणनामा ०.९२ प्रतिशत बढ्यो जनसंख्या

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १० चैत्र २०७९
    १५० पटक
    भक्तपुर, १० चैत्र २०७९

    २०७८ सालको जनगणनामा ०.९२ प्रतिशत जनसंख्या बढेको छ । शुक्रबार सार्वजनिक गरेको २०७८ सालको अन्तिम नतिजाले ०.९२ प्रतिशत जनसंख्या वृद्धि देखाएको हो ।

    आज सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । १० वर्षअघि नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो ।

    जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । सार्वजनिक विवरणअनुसार विगत १० वर्षमा तराई क्षेत्रमा बसोबास गर्ने जनसंख्या २३ लाख १५ हजार ३०१ जनाले बढ्दा पहाडी क्षेत्रमा बसोबास गर्ने जनसंख्या ३ लाख ६३ हजार ६१ ले बढेको छ ।

    तर हिमाली क्षेत्रमा भने १० बर्षमा जनसंख्या घटेको छ । विगत १० वर्षमा हिमाली क्षेत्रका बसोबास गर्ने जनसंख्या ८ हजार ८ सय ४४ जनाले घटेको देखिएको छ ।

    १० वर्षमा कुल जनसंख्या २६ लाख ७० हजार ७४ ले वृद्धि हुँदा वृद्धिको अधिकांश हिस्सा तराई क्षेत्रले नै आगटेको छ ।

    भौगोलिक क्षेत्रअनुसार जनसंख्याको विवरण हेर्दा तराई क्षेत्रको २०६८ सालको तुलनामा ३.३४ प्रतिशतले बढेको छ ।

    १० वर्षअघिको जनगणनामा तराईको जनसंख्या कुल जनसंख्याको ५०.२७ प्रतिशत थियो । २०७८ सालको जनगणनामा यो प्रतिशत बढेर ५३.६१ प्रतिशत पुगेको छ ।

    १० वर्षअघि तराईको जनसंख्या एक करोड ३३ लाख १८ हजार ७०५ रहेको थियो । २०७८ सालमा तराईको जनसङ्ख्या बढेर १ करोड ५६ लाख ३४ हजार ६ पुगेको छ । यस्तै, पहाडी क्षेत्रको जनसंख्या २०६८ सालमा ४३.०१ प्रतिशत रहेकोमा २०७८ सालको जनगणनामा ४०.१ मा झरेको छ ।

    २०६८ सालमा पहाडको जनसंख्या एक करोड १३ लाख ९४ हजार सात थियो । १० वर्षपछि पहाडमा बसोबास गर्नेको जनसंख्या एक करोड १७ लाख ५७ हजार ६२४ पुगेको छ । कुल जनसंख्या बढेका कारण जनसंख्याको वितरणमा पहाडको हिस्सा खुम्चिएको छ ।

    १० वर्षअघि हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा २०७८ मा केही कम भई ६.०८ प्रतिशतमा झरेको छ । हिमाली भेगमा १७ लाख ८१ हजार ७९२ रहेको जनसंख्या १० वर्षपछि १७ लाख ७२ हजार ९४८ मा झरेको छ ।

    २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालको जनघनत्व १९८ जना पुगेको छ, जुन २०६८ सालमा १८० मात्र थियो ।

    भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ को प्रारम्भिक नतिजा अनुसार सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ प्रतिवर्ग किलोमिटर छ ।

    प्रदेशहरुमध्ये सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा छ । जहाँ कुल जनसंख्याको २०.९७ प्रतिशत मानिस बसोबास गर्दछन् । सबैभन्दा कम जनसंख्या कर्णाली प्रदेशको छ । जहाँ कुल जनसंख्याको ५.७९ प्रतिशत मानिस बसोबास गर्ने तथ्यांकले देखाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...