News Portal

  • माओवादी समाजवादीको एकता हल्ला मात्रै : बुढाथोकी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ चैत्र २०७९
    १६९ पटक
     भक्तपुर, १३ चैत्र २०७९

    नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशील’ ले आफ्नो पार्टीको कसैसँग एकता नभएको बताएका छन् । आइतबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुशीलले पार्टीमा कारवाही परेकाहरु अन्त प्रवेश गरेको विषयलाई लिएर संचारमाध्यममा एकताको हल्ला चलाएको भन्दै आपत्ति समेत जनाए ।

    केही दिन पहिले प्रभु साहले नेतृत्व गरेको आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता भएको भन्ने प्रचार हल्ला मात्रै भएको सुशीलले बताए । उनले चैत्र ७ र ८ गते पोखरामा सम्पन्न केन्द्रीय समिति बैठकले क्रान्तिकारी धारका पार्टीसँग एकता गर्ने निर्णय गरेको तर अहिलेसम्म कसैसँग एकता नभएको बताए ।

    “हाम्रो पार्टीको कसैसँग एकता भएको छैन, लुकीछिपी केही व्यक्तिहरु अपमानित रुपमा अर्को पार्टीमा प्रवेश गरेको विषयलाई एकता भन्नु गलत हो । यो एकतावद्ध हुन लागेको माओवादी आन्दोलन र समाजवादी क्रान्तिविरुद्धको प्रचार हो । संघर्ष अगाडि बढ्ने थाहा पाएपछि केही पात्रहरु पार्टीबाट बारिएका हुन्” बुढाथोकीले भने ।

    नेकपा एमालेतिर भएका पूर्वमाओवादी नेताहरुलाई फर्किन बुढाथोकीले सुझाव दिए । उनले जनयुद्धका उपलब्धीहरुको रक्षाको लागि सबै माओवादीहरुबीच नयाँ ढंगको एकता आवश्यक रहेको बताए ।
    “एमालेमा गएका बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत पाँच सय नेता कार्यकर्ता एमालेमा गएका छन् । तपाईँ हामीले दुःख गरेर जनयुद्ध लडेका थियौँ, त्यो के अपराध हो ? तपाईँहरुको सम्मान त्यहाँ हुँदैन भने विद्रोह गर्नुस्, नयाँ ढंगको सहकार्य गरौं” बुढाथोकीले भने ।

    पोखरामा केही अराजक समूहले गरेको कार्यहरुलाई पार्टीसँग जोडेर प्रचार गरिएको भन्दै बुढाथोकीले खण्डन गरे । उनले नेपाली काँग्रेस, नेकपा एमालेका स्थानीय कार्यकर्ताहरुको संलग्नता रहेका दाबी गरे ।
    विप्लव नेतृत्वका नेकपा र नेकपा माओवादी समाजवादीबीच पार्टी एकताको सैद्धान्तिक सहमति भएको घोषणा गरिएको थियो । अहिले दुबै पार्टीले एकताको कामलाई अगाडि बढाएका छन् । तर, औपचारिक रुपमा एकता भएको छैन ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...