News Portal

  • स्वास्थ्य मन्त्रालयको प्रवेशद्वारमा फोक्सो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ चैत्र २०७९
    ३२७ पटक
     भक्तपुर, २४ चैत्र २०७९

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मुलद्वारमा कृत्रिम फोक्सो जडान गरिएको छ । मन्त्रालयले विश्व स्वास्थ्य दिवस अवसर पारेर अमेरिकी सहयोग नियोग (युएसएआईडी) को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरेको हो ।

    मन्त्रालयले सहप्रवक्ता डा. समीरकुमार अधिकारीले यो फोक्सो वायु प्रदूषणको अवस्था तथा हावाको स्वच्छता जाँच गर्नका लागि जडान गरिएको जानकारी दिएका छन् ।

    उनले भने, “यो कृत्रिम फोक्सोमा एक आन्तरिक संयन्त्र रहेको छ, जसले मानिसको फोक्सोको श्वास फेर्ने गतिलाई प्रतिबिम्बित गर्दछ । ३० दिनको अवधिमा यो जोडी फोक्सोको रङ्ग वायु प्रदूषणको प्रभावले परिवर्तन हुँदै जानेछ । यसबाट कसरी वायु प्रदूषणले हाम्रो फोक्सोलाई हानी गरिरहेको छ भनेर देखाउन बुझाउन मद्दत हुन्छ ।”

    उनले उक्त कृत्रिम फोक्सोले काठमाडौंको स्वस्थ हावाको मापदण्ड नियमित देखाउने बताए ।

    यस कृत्रिम फोक्सोमार्फत मन्त्रालयले वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने प्रभावबारे आमसर्वसाधरण र सम्बन्धित सरोकारवालालाई सचेत गराउनुका साथै माक्स लगाउने र चरम प्रदूषणको समयमा सकेसम्म घर बाहिर ननिस्कने लगायतका कदम अपनाउन प्रोत्साहित गर्ने मन्त्रालयको लक्ष्य रहेको डा. अधिकारीको भनाइ छ ।

    धेरै देशहरूले वायु प्रदूषणको सामाना गरिरहेको सन्दर्भमा आइक्यु एयरले सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तर सम्बन्धी तथ्याङ्कले विश्वका १३१ देशमध्ये धेरै वायु प्रदूषण हुने देशमा नेपाल १६ औँ स्थानमा रहेको छ ।

    सन् २०१९ मा वायु प्रदूषणका कारण नेपालमा ४२ हजार एक सय जनाको मृत्यु थियो । त्यसमध्ये काठमाडौंमा मात्रै चार हजार ८० जनाको मृत्यु भएको बताइएको छ ।

    नेपालमा दीर्घकालीन फोक्सोको रोग सीओपीडी बढी हुने देश हो । सीओपीडी हुने कारणमध्ये ६६ प्रतिशत वायु प्रदूषण हो भनिन्छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...