News Portal

  • नयाँकिरण माविमा रोकियो मतदान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० वैशाख २०८०
    १८३ पटक
     भक्तपुर, १० वैशाख २०८०

    चितवनको नयाँकिरण माविमा मतदान रोकिएको छ । मतदानस्थलमै नाराबाजी र विवाद भएपछि मतदान रोकिएको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति उपनिर्वाचनमा उम्मेदवार रवि लामिछानेका समर्थकहरुले मतदानस्थलमै नाराबाजी गरेपछि चितवन–२ मा भइरहेको उपनिर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण माविको मतदान अवरुद्ध भएको छ । त्यसपछि त्यहाँ रहेका एमालेका समर्थक र कार्यकर्ताहरुले उनीहरुलाई रोक्न खोज्दा तनाव बढेको हो।

    मतदानस्थलमै नाराबाजी र विवाद भएपछि मतदान रोकेर सर्वदलीय बैठक डाकिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । तनावपछि प्रहरीले केही बेर लाठी चार्ज पनि गरेको थियो। लाठी चार्ज गर्दै प्रहरीले नाराबाजीमा संलग्न रास्वपका कार्यकर्तालाई बाहिर पठाएको थियो।

    विवादपछि मतदानस्थलबाहिर सेनाको टोली पनि पुगेको छ। रोकिएको मदतान अघि बढाउन अहिले त्यहाँ सर्वदलीय बैठक बसिरहेको छ।

    सर्वदलीय बैठकमार्फत सहमति जुटाएर मतदान अघि बढाउन लागिएको मतदान अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...