News Portal

  • नरभक्षी बाघलाई चिडियाखानामा राखियो, महाराजासँग जोडी बाँधिदिने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ बैशाख २०८०
    २४५ पटक
    भक्तपुर, ११ बैशाख २०८०

    कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई आइतबार सदर चिडियाखाना, जावलाखेलमा ल्याइएको छ ।

    निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा बाघलाई सदर चिडियाखाना, जावलाखेलमा राखिएको हो । वैशाख ८ गते कञ्चनपुर, बेलौरी नगरपालिका–८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीया गंगादेवी चन्दलाई आक्रमण गरेको थियो ।

    आक्रमणपछि उनको निधन भएको थियो । अन्य महिला भाग्न सफल भई उद्धारका लागि कुण्डा सव डिभिजन वन कार्यालयमा खबर गरेपश्चात आक्रमणमा परेकी महिलाको उद्धार र बाघ नियन्त्रण कार्यमा डिभिजन वन कार्यालय कञ्चनपुर, निकुञ्ज कार्यालय (हात्ती सहित), नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायतका निकाय क्रियाशील भइ बाघ नियन्त्रणमा लिइ भिडियाखानामा ल्याइएको हो ।

    बाघ नियन्त्रणमा लिई चिडियाघरमा ल्याइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीले बाघले धेरै मानिसहरुलाई क्षति गरेकाले नियन्त्रणमा लिएर चिडियाखानामा राखिएको बताएका छन् । उनले अहिले चिडियाखानामा ४ वटा बाघ राख्नसक्ने क्षमता भए पनि ५ वटा बाघ रहेको बताए ।

    उनले आइतबार ल्याइएको बाघसहित ५ वटा बाघमध्ये ४ वटा भाले बाघ र एउटा पोथी बाघ रहेको जानकारी दिए । उनले चिडियाखानमा एउटा महाराजा नामक बाघ रहेको र उसलाई जोडी बनाउने गरी कञ्चनपुरबाट ल्याइएको बाघ महारानी नाम दिएर राख्ने योजना रहेको समेत जनाए ।

    उनले भने, ‘यो बाघ कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ८ मा सिमसार जस्तो क्षेत्रमा गंगादेवी चन्द, ४२ वर्षको उनलाई आक्रमण गर्दा मृत्यु भयो । हाम्रो साथीहरुले हिजो बिहान धेरै चाँडो यो बाघ नियन्त्रणमा लिन सकेनन् । बाघले नेपालमा धेरै मानिसको क्षति गरेको छ । यस्ता बाघलाई नसमाति उपाय नै छैन, त्यसैले पनि यो बाघलाई नियन्त्रण लिएर चिडियाखानामा ल्याएका हौँ । यहाँ दुई जोडी बाघ राख्नसक्ने क्षमता छ, अहिले ५ वटा छन्, जसमा ४ भाले र पोथी एक बाघ छ, पोथी बाघलाई यहाँ ल्याउनुको कारण कुनै एक भाले बाघसँग जोडी मिले राख्ने सोच छ । यहाँ एउटा महाराजा भन्ने बाघ छ, त्योसँग जोडी मिलेर मिलाएर राख्ने सोच छ । यी दुई बाघ मिले भने महाराज, महारानी नाम मिलाएर राख्ने सोच छ ।’

    उद्धार गरिएको पोथी बाघ अन्दाजी पाँच वर्ष उमेरको रहेको र घटना भएको क्षेत्र नजिकको भारतीय वन क्षेत्रमा विगत एक महिनाको अवधिमा थप दुई जना (एक जना नेपालीसहित) को बाघका कारण ज्यान गएको पाइएको सदस्यसचिव अधिकारीले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपरको क्षेत्रमा ३६ वटा वयस्क पाटेबाघ रहेको अनुमान गरिएको छ । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...