News Portal

  • सामाजिक सुरक्षा कोषमा आफूहरुलाई समावेश गर्न कर्मचारीको माग

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १८ बैशाख २०८०
    २३४ पटक
    भक्तपुर, १८ बैशाख २०८०

    जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीले आफूहरुलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका छन् । सरकारले मे १ अर्थात् १३८ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेको बेलामा केन्द्रका कर्मचारी भने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न माग गरेका हुन् ।

    जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कामदार सङ्घका सचिव दीपेन्द्रबहादुर क्षेत्रीले केन्द्रले विगत २० वर्षदेखि काम गर्दै आएका कर्मचारीलाई अहिलेसम्म नियुक्तिपत्रसमेत नदिएको गुनासो गरेका छन् ।

    “जडीबुटी प्रशोधन केन्द्रमा कार्यरत श्रमिकलाई नियुक्तिपत्रको व्यवस्था गर्नुपर्ने, सामाजिक सुरक्षा कोष लागू गर्नुपर्ने, कामदारलाई चाडपर्व खर्च दिनुपर्ने, बिरामी बिदा दिनुपर्ने लगायत हाम्रो माग छ”, उनले भने । देशको आर्थिक अवस्था अत्यन्त कमजोर भएको अवस्थामा राज्यकोषबाट करोडौँ रकम निकासा गरी कम्पनीले विभिन्न ठाउँमा भवन निर्माण गरे पनि उक्त भवन अहिलेसम्म प्रयोगमा नआएको सचिव क्षेत्रीले बताए ।

    सरकारको लगानीमा विसं २०३८ मा स्थापना भएको उक्त कम्पनीले कोरोनाको समयमा समेत श्रमिकलाई आधा तलब दिएको थियो । केही वर्ष अगाडिदेखि नै व्यवस्थापक र श्रमिकबीच श्रम ऐन, २०७४ बमोजिम श्रमिकका सेवा सुविधा उपलब्ध गराउने आश्वासन दिए पनि उक्त आश्वासन पूरा नभएको सचिव क्षेत्रीको भनाइ छ ।

    जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक सुनिता यादवले कर्मचारीले राखेका जायज माग पुरा गर्न व्यवस्थापन पक्ष लागिरहेको बताए । “यहाँ कार्यरत कर्मचारीले लामो समयदेखि उठाउँदै आएको मुद्दा समाधानका लागि व्यवस्थापनको तर्फबाट मैले पहल लिँदै आएको छु, कर्मचारीको समस्या चाँडो समाधान हुन्छ”, उनले भने । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...