News Portal

  • प्रेमीसहित दुई जनाविरुद्ध जाहेरी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १८ बैशाख २०८०
    ३४४ पटक
    भक्तपुर, १८ बैशाख २०८०

    प्रेमीको घरमा मृत अवस्थामा भेटिएकी युवती अनुमा श्रेष्ठका परिवारले आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गराएका छन् । परिवारले प्रेमी भनिएका डा.सुजन ढकाल तथा उनका बुवाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका हुन् ।

    लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै वीर अस्पतालमा कार्यरत ३४ वर्षीय श्रेष्ठले शनिवार प्रेमी सुजन ढकालको बोहोराटारस्थित घरमा पुगेर आत्महत्या गरेकी थिइन् ।

    अनुमाको परिवारले विवाह गर्न अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै प्रहरी वृत्त बालाजुमा जाहेरी दर्ता गरेको हो । प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले मृतक श्रेष्ठको परिवारले ढकाल तथा उनका बुवाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएको र त्यो जाहेर दर्ता गरिएको जानकारी दिए ।

    डीएसपी कुँवरले अदालतबाट पक्राउ पुर्जी लिने तयारी भइरहेको र पुर्जी प्राप्त भएपछि पक्राउ गरी आवश्यक अनुसन्धान थालिने बताए ।

    अनुमा बेलाबेलामा सुजनकै घरमा समेत गएर बस्ने गरेकी थिइन् । अनुमाले विवाहका लागि पटकपटक आग्रह गर्दा पनि केटा पक्षले अस्वीकार गरेको बताइएको छ ।

    अनुमाले आत्महत्या गरेकै स्थानबाट एउटा डायरी बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको डायरीमा अनुमाले आफ्नो जीवन भोगाई, प्रेम सम्बन्ध, विवाहका लागि भएको प्रयास र केटापक्षको परिवारले गरेको अस्वीकार लगायतको विषयमा उल्लेख गरेकी छिन् ।

    अनुमाको शवसँगै भेटिएको ‘सुसाइड डायरी’मा आफूले दुई पटकसम्म गर्भपतन गराएको, प्रेमीका बुवाले विवाह गर्न नदिएको लगायतका कुरा समेत समावेश गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...