News Portal

  • रास्वपा सरकारमा जाने कि नजाने भन्ने निर्णय शुक्रबार मात्र गर्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ बैशाख २०८०
    ३०५ पटक
    भक्तपुर, १९ बैशाख २०८०

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेको सरकारमा सहभागिता जनाउने कि नजनाउने भन्ने विषय शुक्रबार मात्रै निर्णय लिने भएको छ ।

    सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाने वा नजानेबारे आ-आफ्ना धारणा राखेका थिए ।

    महामन्त्री डा. मुकुल ढकालले सरकारमा जाने वा नजानेबारे शुक्रबार पार्टीले निर्णय लिने पत्रकारहरूलाई बताएका हुन् ।

    साविककै मन्त्रालय पाउने स्थिति बनेमा र सरकारका न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएमा सरकारमा जान सकिने विषयसमेत बैठकमा उठेको थियो।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...