News Portal

  • हिमपहिरोमा परेका तीन जनाको शव भेटियो

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २० बैशाख २०८०
    २८८ पटक
    भक्तपुर, २० बैशाख २०८०

    मंगलबार अपराह्न गएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव भेटिएको छ । मंगलबार २ः४५ बजेतिर दार्चुलाको ब्यास गाउँपालिका–१, बोलिनमा गएको हिमपहिरोमा परेर बेपत्ता ६ जनामध्ये ३ जनाको शव भेटिएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिएका हुन् ।

    दुई जनाको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजी गरिरहेको छ । मृतकमध्ये एक जना जुहु–४ का १८ वर्षीय प्रविण कुँवरको शनाखत भएको छ । दुई जना महिलाको पहिचान नखुलेको प्रजिअ जोशीले जानकारी दिइन् ।

    दिउँसोदेखि जम्मा १२ जना बेपत्ता थिए । तीमध्ये ६ जनाको सशस्त्र प्रहरी बलको छाङ्रुस्थित गुल्म नम्बर ५० ले उद्दार गरेको छ । तर, हिमपात जारी रहेका बेला अध्याँरो समेत भएपछि खोजीमा गएको टोली राति फर्किएको थियो । बिहानैबाट फेरि खोजी तथा उद्दार कार्य सुरु भएको थियो ।

    सशस्त्र प्रहरीका अनुसार १२ जना नै यार्सागुम्बा खोज्न बोलिनतिर गएका थिए । घटना भएको स्थान सशस्त्र प्रहरीको छाङ्रु गुल्मबाट करिब ५ किलोमिटर दक्षिणतर्फ पर्छ । तर बाटो भिरालो र अफ्ठ्यारो भएकाले घटना भएको स्थान पुग्न साढे ३ घन्टा लाग्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...