News Portal

  • प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ बैशाख २०८०
    ३२१ पटक
    भक्तपुर, २५ बैशाख २०८०

    प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २१ मध्ये २० जना प्रहरी अधिकृतहरू लाई दर्ज्यानी प्रदान गरिएको छ । पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक गंगा पन्त हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेको कारण कार्यक्रममा उपस्थित नभएको बताइएको छ ।

    प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

    उक्त अवसरमा प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीप शम्शेर जवरा, वेल बहादुर पाण्डे, दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रविण पोखरेल, कृष्ण बहादुर पल्ली मगर, विश्वमणी पोखरेल, तारादेबी थापा र प्रज्वल महर्जन तथा प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू डा.संज्ञा मल्ल, डा.दिवा शर्मा र डा.आषिश दत्तलाई दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।

    समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूle प्रहरी संगठनको प्रतिष्ठा बढाउने काममा समर्पित हुने बिश्वास व्यक्त गरे । उनले संगठनप्रति बफादार, इमानदार र निष्ठावान बन्दै भावनात्मक रूपमा एकवद्धता भएर अगाडि बढ्न प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिएका थिए ।

    उनले नेपाल सरकारको प्राथमिकतालाई ध्यान दिँदै थप सचेत र संवेदनशील भएर शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण एवम् नागरिक सेवामा समर्पित हुनुपर्नेमा जोड दिए ।

    उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्राप्त अवसर, उर्जा, हौसला र जिम्मेवारीलाई अझै परिष्कृत, परिमार्जित एवम् उत्कृष्ट तवरले कार्य सम्पदान गर्दै संगठनको साख वृद्धिमा मन, वचन र कर्मले समर्पित हुने प्रतिवद्धता प्रकट गरेका थिए ।

    समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...