News Portal

  • सकारात्मक मनोविज्ञान निर्माणमा प्रचार क्रान्ति आवश्यक

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ३० बैशाख २०८०
    ४७३ पटक
    भक्तपुर, ३० बैशाख २०८०

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मानिसहरूमा सकारात्मक मनोविज्ञान निर्माण गर्नुपर्ने आवश्यकता औल्याएका छन् । नकारात्मक मनोविज्ञानले सबैतर्फ नकारात्मक कुरा मात्र देख्ने भन्दै उनले सकारात्मक मनोविज्ञान निर्माण गर्दै देशलाई सफलता तर्फ लैजानुपर्ने आवश्यकता औल्याएका हुन् ।

    प्रेस सेन्टर नेपाल, काठमाडौ जिल्ला समन्वय समितिको साधारण सभालाई शनिबार सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत रहेका मन्त्री मोदीले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासनका लागि सकारात्मक प्रयास गरिरहेको भएपनि पर्याप्त प्रचार हुन नसकेको बताए । परिवर्तनको नेतृत्व गरेर आएको पार्टी प्रति समाजमा नकारात्मक भ्रम फैलाइएकोले त्यसलाई चिर्न सकारात्मक संदेश जनता माझ लिएर जानुपर्नेमा उनले जोड दिए । प्रेस सेन्टरमा आवद्ध जनताका पत्रकारले प्रचार क्रान्ति गर्नुपर्ने र माओवादी पार्टी र यसको नेतृत्वमा भएका कामको बारेमा जनतालाई सूसुचित गर्दै परिवर्तन बिरोधीका प्रतिक्रान्तिकारी प्रचारलाई निस्तेज गर्नुपर्ने उनको भनाइ छ ।

    मन्त्री मोदीले आफ्नो मन्त्रालयले सुशासनमा जोड दिएको जानकारी गराए । उनले निजामती कर्मचारी सेवा ऐन ल्याउन प्रयास भैरहेको भन्दै यसले निजामती सेवालाई मजबुत बनाउने बिश्वास ब्यक्त गरे । दुर्गम जान नमान्ने कर्मचारी र शहर छोड्न नचाहने प्रशासकीय अधिकृतलाई मन्त्रालयले कार्वाही गरेको र दुर्गमका कार्यालयमा पूरै दरबन्दीका कर्मचारी पठाइने उनको भनाइ छ । सरुवा बढुवा मापदण्ड अनुसार गरिएको र भनसुन तथा लेनदेनलाई निस्प्रभावी बनाइएको बताउदै उनले सेवा प्रवाहबारे कर्मचारी र सेवाग्राहीका गुनासा आएमा मन्त्रालयले तत्काल सम्बोधन गर्ने समेत दावी गरे ।

    प्रेस सेन्टर काठमाडौका अध्यक्ष अजित अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा जुगल, वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्ष एवं उपत्यका इन्चार्ज निर्मल ज्ञवाली प्रदेश अध्यक्ष नवराज दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...