News Portal

  • भ्रष्टाचार मुद्दामा अहिलेसम्मकै ठूलो बिगो जरिवाना

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ असार २०८०
    ४७४ पटक
    भक्तपुर, ५ असार २०८०

    विशेष अदालतले कर फर्छ्यौट सम्बन्धि एक भ्रष्टाचारको मुद्दामा हालसम्मकै सजाय तोकेको छ । उक्त भ्रस्टाचारमा करिब १६ अर्ब ६६ करोड रुपैयाँ बिगो, जरिवाना र ९ वर्ष कैद सजाय तोकेको हो ।

    विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको पूर्ण इजलासले अहिलेसम्मकै सबैभन्दा ठूलो बिगो जरिवाना तोकेर मुद्दाको फैसला गरेका हुन् ।

    यस क्रममा तत्कालीन कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना कैद सजायसमेत तोकिएको छ । आगोगका सदस्य उमेश ढकाल र सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चूडामणि शर्मालाई ९ वर्ष कैद सजाय तोकिएको छ ।

    अदालतले उनीहरूलाई ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ४७ रुपैयाँ बिगो कायम गरेको छ । यो मुद्दाका दोषीले जनही दुई अर्ब पाँच करोड ४६ लाख ९ हजार ९४९ रुपैयाँका दरले बिगो तिर्नु पर्ने भएको छ ।

    यस्तै, जनही चार अर्ब १० करोड ४६ लाख ९७ हजार ९ रुपैयाँ जरिवाना तिर्नु पर्ने छ । बिगो र जरिवाना गरेर हरेकले ६ अर्ब साढे १६ करोड रुपैयाँ भन्दा बढी तिर्नु पर्ने हुन्छ ।

    यसरी हेर्दा तीन जना भ्रष्टाचारका अभियुक्तबाट करिब १६ अर्ब ६६ करोड रुपैयाँ बिगो र जरिवाना सजाय तोकेको हो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...