News Portal

  • ललिता निवास प्रकरणका संलग्न दोषीहरूलाई उन्मुक्ति हुँदैन : प्रवक्ता शर्मा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ असार २०८०
    २७४ पटक
    भक्तपुर, १२ असार २०८०

    सराकरको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ललिता निवास प्रकरणका संलग्न दोषीहरूलाई उन्मुक्ति नहुने बताएकी छन् ।

    मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गर्नेक्रममा पत्रकारको जिज्ञासा सम्बोधन गर्दै उनले ललिता निवास प्रकरणका संलग्न दोषीहरूलाई उन्मुक्ति नहुने बताएकी हुन् ।

    सरकार भ्रष्टाचार बिरुद्ध अघि बढिसकेको र सुशासनको लागि कुनै कसर बाकी नराख्ने उनले बताइन् । ललिता निवास प्रकरणका अनुसन्धान शुरु भैसकेको र दोषी देखिए जोसुकैलाई नछोड्ने उनले जिकिर गरेकी छन् ।

    सरकार ढल्ने वा ढाल्ने कुरा हल्ला मात्र भएको भन्दै उनले सरकार यस्ता हल्लाको पछि नलाग्ने र सुशाअङ्को पक्षमा अविचलित अघि बढिरहने बताइन ।

    सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण पछि ललिता निवास प्रकरणमा अनुसन्धान अघि बधाएपछि राजनीति तात्तिएको छ । यो संगै सरकार ढल्ने चर्चा हुन थालेको छ ।

    आजै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ललिता निवास प्रकरणमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह,भाट्भटेनि सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ सहित ७ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...