News Portal

  • गोरखापत्रले पायो शताब्दी ग्राहक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ असार २०८०
    ४४६ पटक
    भक्तपुर, २९ असार २०८०

    पत्र पत्रिकाको वार्षिक ग्राहक बन्ने पाठक सजिलै भेटिन्छन । पाँच वर्षका लागि ग्राहक बन्ने मानिस औलामै गन्न सकिएला । तर, देशकै जेठो पत्रिका गोरखापत्रले भने शताब्दी ग्राहक बनाएको छ । अर्थात, गोरखापत्रका एक पाठक सय वर्षका लागि पत्रिकाको ग्राहक बनेका छन् ।

    शुक्रबार बसुन्धरा–मान प्रतिष्ठान, बालुवाटारले एक सय वर्षका लागि अग्रिम ग्राहक बनेपछि गोरखापत्र संस्थानले १ सय २३ वर्षे इतिहासमा पहिलो शताब्दी ग्राहक पाएको छ । यस अघि देशमा कुनै पत्रिकाका शताब्दी ग्राहक बनेका छैनन् ।

    प्रतिष्ठानका सल्लाहकार बद्रीप्रसाद ढकालले एक सय वर्षको ग्राहक शुल्क शुक्रवार भुक्तानी गरेर संस्थानका प्रकाशनको ग्राहक बनेका गोरखापत्र सस्थानले जनाएको हो । ग्राहक (प्रतिष्ठान) ले पत्रिकाबापतको शुल्क अग्रिम भुक्तानी गरेपछि संस्थानले ४० प्रतिशत छुट दिएको बताइएको छ । एक सय वर्षका लागि हुन आउने कुल रकम ३ लाख ६५ हजार रुपियाँमा छुट दिएर २ लाख १९ हजार रुपियाँ संस्थानले भुक्तानी पाएको गोरखापत्रले जानकारी गराएको छ ।

    पठन सस्कृतिको बिकास र पत्रपत्रिकाको प्रोत्साहनका लागि सय वर्षे ग्राहक बनेको प्रतिष्ठानले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...