सप्तरीमा ३५ वर्षीया महिलालाई ५ जनाले जबरजस्ती करणी गरेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । प्रहरीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा शम्भुनाथ नगरपालिका-५ मोहनपुर बस्ने २५ वर्षीय शिव कुमार सदा, ४० वर्षीय उमेश सदा र ३२ वर्षीय श्री नारायण सदा रहेका छन् । अन्य दुईको खोजी भैरहेको प्रहरीको भनाइ छ ।
शनिवार राति शम्भुनाथ नगरपालिका-५ स्थित एक नर्सरीमा ती महिलालाई ५ जनाले सामुहिक करणी गरेको आरोप छ । शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनीहरूलाई प्रहरीले आइतवार पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।