News Portal

  • अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा एक साता मनाइने, ६ सय ५७ सदस्यीय मूल समिति

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ साउन २०८०
    ७१९ पटक
    भक्तपुर, १२ साउन २०८०

    अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा एक साता मनाइने भएको छ । सोका लागि मूल समारोह समिति गठन गरिएको छ ।

    हरेक वर्ष अगष्ट १२ तारेखमा विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने प्रचलन रहेको छ ।युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको अध्यक्षतामा बसेको बैठकले अन्तर्राष्ट्रिय युवा दिवस एक साता मनाउने र त्यसका लागि ६५७ सदस्यीय मूल समिति घोषणा गरिएको युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

    सन् २०२३ का लागि संयुक्त राष्ट्रसंघले ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सिप विकास’ भन्ने मूल नारा सहित अन्तर्राष्ट्रिय युवा दिवस मनाउन आह्वान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयमा सरोकारवाला एवम् विभिन्न क्षेत्रका युवा केन्द्रित संघसंस्था र प्रतिनिधिहरुको उपस्थितिमा आयोजित वृहत् भेलाबाट दिवस मनाउन मूल समारोह समिति बनाइएको बताइएको छ ।

    समितिमा परिषदका कार्यकारी उपाध्यक्ष, विभिन्न मन्त्रालयका प्रतिनिधि, प्रदेश युवा परिषदका उपाध्यक्ष, परिषदका सबै सदस्यहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद, युवा स्वरोजगार कोष र नेपाल स्काउटका प्रतिनिधि रहेका छन् । यस्तै विभिन्न युवा तथा विद्यार्थी संघ संगठनका प्रतिनिधि, हिसान, प्याब्सन, एनप्याब्सन लगायतका प्रतिनिधि पनि रहेका छन् ।

    अन्तर्राष्ट्रिय युवा दिवस संयुक्त राष्ट्र संघद्वारा तोकिएको एक जागरूकता दिवस हो। यसको उद्देश्य युवा केन्द्रीत सांस्कृतिक र कानुनी मुद्दाहरूमा ध्यान आकर्षित गर्नु हो। युवा जागरण, अधिकार र सशक्तीकरणका लागि दिवसले महत्वपूर्ण प्रभाव पार्ने बिश्वास रहिआएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...